Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई विराटनगरमा पक्राउ

नागरिकको मौलिक हकको हनन भएको भन्दै (फोनिज) को विरोध

  •   ४ वर्ष अघि | ३ चैत्र २०७९, शुक्रबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

विराटनगर/ प्रदेशको नामाकरण विरुद्ध विराटनगरमा आयोजित पहिचानका लागि सडक साहित्यिक यात्रामा सहभागी नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईलाई प्रहरीले विहिवार पक्राउ गरेको छ ।

कोशी प्रदेश संसद भवन नजिक कविता बाचन सुरु गरेका अध्यक्ष राईलाई प्रहरीले त्यहाँबाट हट्न निर्देशन दिएको थियो । राईले कविता वाचन गर्न थालेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

महासंघ सुनसरीका अध्यक्ष राईसहित अर्का सन्जय याख्खा पनि पक्राउ परेका छन् । उनी पनि धरानका पत्रकार नै हुन् । किराँत राई लेखक संघ, किराँत अन्तराष्ट्रिय साँस्कृतिक अभियान, याक्थुङ लेखक संघले आयोजना गरेको सडक साहित्यिक यात्रामा सहभागी हुन विभिन्न जिल्लाबाट साहित्यकारहरु विराटनगर आएका थिए । प्रदेशको नामाकरणमा पहिचान मेटाएर कोशी राखिएको विरोधमा किराँत–लिम्बुहरु विरोधका कार्यक्रम गर्दै आएका छन् । 

यसै विच आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लिम्वुवान–किराँत प्रदेस समितिले प्रहरी हस्तक्षेपको विरोध जनाएको छ । फोनिजले भनेको छ–नेपालको संविधान–०७२ को भाग ३ को धारा १७ ले  व्यवस्था गरेको मौलिक हकको उपधारा २ को क वमोजिम विचार र स्वतन्त्रताको हक हुनेछ भनिएको छ । यो नेपाली नागरिकलाई संविधानले दिएको वोल्न पाउने वाक स्वतन्त्रताको गम्भिर उलंघन भएको फोनिजको ठहर ।

प्रदेस सरकारले संविधान प्रद्धत अधिकार प्रयोग गर्न पनि नागरिकलाई नदिएको प्रति मानव अधिकारको समेत उलंघन भएको छ । प्रदेस सरकार संविधानले नागरिकलाई अन्याय पर्दा राज्य व्यवस्थाले थिचोमिचो गर्दा वोल्न पाउने, लेख्न पाउने अधिकार नै हन्न गर्न उद्धत हुन्छ भने यो एकामकवादी राज्यसत्ताको पराकाष्ट हो भन्ने फोनिजको ठम्याई रहेकोे फोनिज लिम्वुवान किराँत प्रदेस समितिका अध्यक्ष सन्तवीर लामाले वताएका छन् । 

  • Dhnakutapress

थप