Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

जग्गेमै प्रजनन् स्वास्थ्य कार्ड

वेहुला वेहुली तिन छक्क

  •   ५ वर्ष अघि | १२ पुस २०७८, सोमवार

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका– ५ मा दुलाहा भरत अधिकारी र दुलही कीर्तिका कार्की गत मङ्सिर २४ गते आफ्नो वैवाहिक उत्सवमा रमाइरहेका बेला निन्तो नै नदिएका मेयर पर्शुराम नेपाल टुप्लुक्क आइपुगे ।

मेयर नेपाल दुलाहादुलहीको नजिकै पुगेर झोलाबाट एउटा कार्ड निकालेर नवदाम्पत्य जीवनको सफलताको शुभकामना दिँदा नवदम्पतीमात्र आश्चार्यचकित भएनन् विवाहभोजमा भेला भएका गाउँलेहरू पनि चकित बने । मेयर नेपालले दिएको कार्डमा प्रजनन् स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सन्देश लेखिएको कार्ड दिँदै आएका छन् ।

कार्डमा सुरुमै लेखिएको ‘गर्भधारण गर्नुभन्दा तीन महिना अघिदेखि नै श्रीमान्–श्रीमती दुवैले फोलिक एसिड चक्की सेवन गर्न,  विवाहपछि गर्नुपर्ने आवश्यक काम तथा तयारी, नवदम्पतीलाई कार्डमार्फत् सुझाव र सन्देश हेरेर नयाँ दुलाहादुलही एकछिन लजाए । त्यसपछि हाँस्दै मेयर नेपाललाई स्वागत गरेर भोजतिर लगे ।

त्यसो त मेयर नेपालले वडा नं.७ मा मङ्सिर २२ गते विवाह गरिरहेका बेला अनिल सुवेदी र रोशना कट्वालको जोडीलाई पनि मण्डपमै भेटेर यस्तै कार्ड हातमा थमाउँदै वैवाहिक जीवन सुखी, सुन्दर र सफल बनाउन बधाई तथा शुभकामना दिएका थिए ।

मेयर नेपालले यो सिजनमा विवाह भएकामध्ये हालसम्म नगरपालिकाका १७ जोडीलाई विवाहको ३५ दिनभित्र विवाह दर्ता गर्न, जन्मजात अपाङ्गता रोकथामका लागि गर्नुपर्ने तयारी र सन्तान जन्माउनुअघि दम्पतीले सेवन गर्नुपर्ने फोलिक एसिडको बारेमा लेखिएको जानकारीमूलक सन्देशसहितको कार्ड दिएर बधाई तथा शुभकामना दिएका छन् ।

उनले वितरण गर्दै आएको तीन पृष्ठको त्यो कार्डमा प्रजनन् स्वास्थ्य र जन्मजात अपाङ्गता रोकथामसम्बन्धी जानकारी उल्लेख गरिएको छ ।

उनी भ्याएसम्म नगरक्षेत्रमा हुने अधिकांश विवाहमा आफै पुग्ने गरेका छन् । उनले आफ्नो नगरभित्र भएका बिहे घरमा पुगेर बेहुला–बेहुलीलाई जग्गेमै प्रजनन् स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सन्देश लेखिएको कार्ड दिँदै आएका छन् ।

मेयरले नै विवाहको जग्गेमा पुगेर नवदुलाहादुलहीलाई गर्भधारण, प्रजनन् स्वास्थ्यसम्बन्धी जानकारीमूलक सन्देश पत्र दिँदा सबै तीनछक्क पर्ने गरेका छन् । मेयर नेपालले भने, ‘स्वस्थ शिशु जन्माउन, मातृशिशु मृत्युदर घटाउन र जन्मजात अपाङ्गता रोकथामका लागि जानकारीमूलक सन्देशसहितको कार्ड थमाएर सुरुमै प्रजनन् स्वास्थ्यसम्बन्धी चेतना प्रवाह गर्न खोजेको हो ।’

उनले नगरक्षेत्रमा जन्मजात हुने अपाङ्गता रोकथामको अभियानलाई टेवा दिन नवदुलाहा दुलहीलाई विवाहको उत्सवमै सन्देशमूलक कार्ड वितरण गरेको बताए । टाढा र कार्यव्यस्तताले आफू पुग्न नसकेमा उपमेयर मञ्जु अधिकारीसहित अन्य जनप्रतिनिधिलाई पठाउने गरिएको मेयर नेपालले बताए ।

आवश्यकताअनुसार स्वास्थ्यकर्मीहरूलाई नै परिचालन गरेर पनि सबै नवदम्पतीहरूलाई कार्ड प्रदान गर्ने गरिएको मेयर नेपालले जानकारी दिए । महालक्ष्मी नगरपालिकाले अपाङ्गता रोकथाम अभियानका लागि विभिन्न सङ्घ–संस्थासँग सहकार्य गरेर काम गर्दै आएको छ ।

  • selokhabar

थप