धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/साँगुरीगढी गाउँपालिका वडा नं ६ नाम्जे स्थित ग्रामिण जनता माध्यमिक विद्यालयले होटल व्यवस्थापन सम्वन्धि पढाई सुरु गरेको छ ।
विद्यालयले विहिवार एक कार्यक्रमको आयोजना गर्दै होटल व्यवस्थापन सम्वन्धि होटल स्कुल संचालनमा ल्याएको छ । होटल स्कुलको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले रिवन काटेर गरेका थिए ।
पूर्वी क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित भेडेटार सहित आसपासका क्षेत्रमा व्यवसायिक रुपमा संचालित होटलहरुलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले होटल व्यवस्थापन सम्वन्धि पढाई सुरु गरिएको ग्रामीण जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक भूजेलले बताए । उनका अनुसार होटल व्यवस्थापन सम्वन्धि पठनपाठन अघिल्लो शैक्षिक सत्रदेखि सुरु गरेको भएपनि औपचारिक उद्घाटन अहिले गरिएको हो । अहिले कक्षा १२ मा १२ जना विद्यार्थी अध्ययनरत रहेको उनको भनाई छ ।
विद्यालयले विद्यार्थीको प्रयोगात्मक अभ्यासमा सहयोग पुगोस् भनेर नाम्जेमा होटल स्कूल संचालनमा ल्याएको छ । होटल म्यानेजमेन्ट सम्वन्धि पढाई विद्यालयमा भएपनि विद्यार्थीको प्रयोगात्मक अभ्यास होटल स्कूलमा हुने प्रज भूजेलले बताए ।
दुई तलाको भवनमा ८ ओटा रहेको छ । भवनको माथिल्लो तलाको ४ वटा कोठालाई एटेज रुम बनाइएको छ । भने भूईंतलामा किचेन र रिसेप्सन बनाइएको छ । होटल स्कुलको व्यवस्थापन अध्ययनरत विद्यार्थीले गर्छन् । उनीहरुले अभ्यास गर्न कहिले किचनमा, कहिले रिसेप्सनमा र कहिले सर्भिसमा काम गर्छन् जसको कारण सैद्धान्तिक ज्ञानसंगै ब्यबहारिक सीपको पनि विकास भएको विद्यार्थीको भनाई छ । होटल मेनेजमेन्ट प्रविधिक र प्रयोगात्मक विषय भएको र यसका लागि होटल स्कूल संचालन गरिएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर आचार्यले बताए ।
उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले प्राविधिक धारको पठनपाठनले स्वरोजगार वन्न सहयोग पुग्ने उनले बताए । भेडेटार क्षेत्र पर्यटकीय क्षेत्र हो । यहाँ पछिल्लो समय स्तरीय होटल खुल्ने क्रम वढ्दो छ । जसमा दक्ष जनशक्तिको अभाव छ । उक्त अभावलाई यस विद्यालयले उत्पादन गर्ने जनशक्तिले पूर्ति गर्ने उनले बताए । होटल म्यानेजमेन्ट पढाई सक्ने वित्तिकै रोजगार पाइन्छ । वेरोजगार भएर वस्नु पर्दैन । यो क्षेत्रको अध्ययन गर्ने विद्यार्थीहरुलाई धेरै अवसर हुने उनले बताए ।
कार्यक्रममा वोल्दै अध्यक्ष राईले होटल म्यानेजमेन्ट पढाईलाई थप गुणस्तरीय बनाउन गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले होेटल म्यानेजमेन्ट संकाय तर्पmको कक्षा ११ मा भर्ना हुने गाउँपालिका भरिका जेहेन्दार तथा निम्न वर्गका दुई जना विद्यर्थी (छात्र र छात्रा) १÷१ जना लाई गाउँपालिका अध्यक्ष कोषबाट निःशुल्क पठनपाठन गर्ने व्यवस्था मिलाउने घोषणा तथा प्रतिवद्धता व्यक्त समेत गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुवहादुर आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मुना राई, प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुर, ६ नं. वडाका वडाध्यक्ष दिपक मगर, कार्यपालिका सदस्य वालकृष्ण राई लगायतले मन्तव्य राखेका थिए ।
- Dhankutapress