Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

जेसिवी विवादले साँगुरीगढी गाउँपालिकामा बजेट होलिडे कायमै

सरोकारवालाले दिए जनप्रतिनिधिहरुलाई दबाब्

  •   २ वर्ष अघि | १७ साउन २०८१, बिहिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

पञ्चमाया तामाङ

धनकुटा/स्थानीय तहले असार १० गतेभित्र गाउँ सभामा बजेट पेश गर्नु पर्ने र असार मसान्तसम्म पारित गरिसक्नुपर्छ संवैधानिक व्यवस्था छ । 

तर, धनकुटाको साँगुरीगढी गाउँपालिकाले अहिलेसम्म ल्याउन सकेको छैन। जसले गर्दा साँगुरीगढी गाउँपालिकामा बजेट होलिडे भएको छ। पटक–पटक वसेको कार्यपालिका वैठकमा सहमति हुन गाउँपालिकाले बजेट ल्याउन नसकेको हो । बजेट होलिडे हुँदा दैनिक प्रशासनिक काम ठप्प भएको छ भने राजश्व संकलन समेत रोकिएको छ । बजेट होलिडेको अवस्थामा अत्यावश्यक बाहेक शिर्षकमा खर्च गर्न नपाउने प्रावधान रहेको छ । वजेट पास नहुँदा स्थानीय तहले खर्च गर्ने कुनै प्रावधान नभएको साँगुरीगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलशेर राईले बताए । उनले बजेट पास नभए पेश्की विधेयक ल्याउने प्रावधान भएपनि त्यो पनि गाउँसभाले पास गर्नुपर्ने नियम रहेको बताए ।जेसिभी खरिदको विषयमा विवाद हुँदा गाउँपालिकाले बजेट ल्याउन नसकेको हो । गाउँपालिकाले गतवर्ष एउटा जेसिभि खरिद गरेको थियो । फेरी अर्को जेसिभी खरिद गर्ने की नगर्ने विषयमा सहमति नजुट्दा कार्यपालिका वैठक विना निष्कर्षमा पुग्न नसकेको हो । कार्यपालिकामा नेकपा एमालेका तर्फका जनप्रतिनिधि बालकृष्ण राईको नेतृत्वमा नयाँ थप जेसिभि खरिद गर्नु पर्छ भन्ने पक्षमा छन् भने गाउँपालिका अध्यक्ष जितेन्द्र राई लगायत कांग्रेशका जनप्रतिनिधि भने जेसिभि खरिद नगर्ने पक्षमा छन् । कार्यपालिकामा एमालेका जनप्रतिनिधी बहुमतमा छन् । 

गाउँ सभा मार्फत बजेट अविलम्ब पारित गर्न माग :

यसैबीच साँगुरीगढी गाउँपालिकामा रहेका स्थानीय राजनीतिक दल र नागरिक समाजका अगुवाहरुले गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१÷०८२ को नीति, कार्यक्रम तथा बजेट अविलम्ब पारित गरी कार्यान्वयन गर्न माग गरेका छन् । बुधबार गाउँपालिकालाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले संविधानद्वारा प्रदत्त पालिकावासीको अधिकार, कानुनी प्रावधान अनुसार कार्यक्रम र बजेट पारित गर्न माग गरेका हुन् । 

ज्ञापनपत्रमा नेकपा माओवादी केन्द्रका साँगुरीगढी गाउँ कमिटी अध्यक्ष हस्त वहादुर लिम्वु, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष लिलाराज लावती, राप्रपाका नरेन्द्र राई, नेकपा एस.का तिल विक्रम लिम्वू, नागरिक समाजका प्रतिनिधि अग्नि लिम्वू लगायतले हस्ताक्षर गरेका छन । उनीहरुले गाउँपालिकाको कार्यपालिका र परिषद् बैठक बोलाई गाउँसभा मार्फत बजेट पारित गर्न आग्रह गरेका छन् । समयमा गाउँसभा नगर्दा संघीय सरकारबाट प्राप्त अनुदान समेत रोक्का हुने र सिङ्गो पालिकावासीलाई नै घाटा भै सकेको र आगामी  दिनमा थप जटिलता आउने उनीहरुले चेतावनी दिएका छन् । 

  • dhankutapress

थप