धनकुटा प्रेस अनलाईन सम्वादाता
धनकुटा/प्रतिनिधिसभा सदस्य एवं पुर्व कृषि मन्त्री छविलाल विश्वकर्माले संवैधानिक व्यवस्था माथि प्रश्न चिन्ह उठाउन खोज्नेहरु प्रति नेपाली जनता सजग र सचेत हुनु पर्नेमा जोड दिएका छन् ।
दलित महिला संघ (फेडो) जिल्ला कार्य समिति, धनकुटाले वुधवार पर्यटकिय नगरी हिलेमा आयोजना गरेको २ दिने ‘कोशी प्रदेश स्तरिय दलित महिलाहरुको राजनीतिमा पुहँच र आर्थिक आत्मनिर्भरता विषयक कार्याशाला गोष्ठी’ को उद्धघाटन गर्दै पुर्व मन्त्री विश्वकर्माले यस्तो वताएका हुन् । नेपाली जनताको लामो संघर्ष र बलिदानले प्र्राप्त संवैधानिक उपव्धीहरुलाई रक्षा गर्न चुनौती आईलागे, सामना गर्न नेपाली जनता तयार हुनु पर्नेमा विश्वकर्माले जोड दिए ।
नेपालको लोकतान्त्रिक शासन व्यवस्थामा समावेशीतालाई हिजोको दिनमा स्थापित गर्न त्यति सजिलो नरहेको स्मरण गर्दै पुर्व मन्त्री विश्वकर्माले भने–‘लाखौ नेपाली जनताको त्याग र वलिदानले सघीय शासन व्यवस्था स्थापित भएको हो ।’ संघीय लोकतान्त्रिक व्यवस्थालाई स्थापित गर्न नेपालका दलितहरुले पनि अग्रमोर्चामा रहेर योगदान गरेको पुर्व मन्त्री विश्वकर्माको दावी गरे । अहिलेको व्यवस्था माथि कोही कसैले प्रश्न चिन्ह उठाउँछन् भने, जस्तो सुकै मुल्य चुकाउन पनि अहिलेको यूवा पुस्ता तयार हुनु पर्ने नेकपा एमालेका केन्द्रिय सचिव समेत रहेका पुर्व मन्त्रि विश्वकर्माको जोड थियो ।
उनले आज संविधानको वाध्यकारी व्यवस्थाले गर्दा स्थानिय सरकारमा जनप्रतिनिधिको रुपमा दलितहरुको उपस्थिति सम्भव भएको वताए । दलित जनप्रतिनिधिहरुलाई इङ्गित गर्दै पुर्व मन्त्री विश्वकर्माले भने–लक्षित गरिएको समुदायलाई विनियोजन गरेको वजेट सहि ढंगले कार्यान्वयन भैरहेको छ कि छैन दलित जनप्रतिनिधिहरुले निगरानी गर्नु पर्छ ।’
कार्याशाला गोष्ठीमा त्रिभुवन विश्वविद्यलाय किर्तिपुरका मानव शास्त्र केन्द्रिय विभागका प्रमुख डा. डम्वर चेम्जोङले ‘नेपाली समाजको चरित्र र दलित मुक्तिको सवाल’ विषयक कार्यपत्र प्रश्तुत् गरेका थिए । सो अवसरमा डा. चेम्जोङले भने–‘मुक्तिको कुरा गर्ने हो भने संघर्ष, आन्दोलन विना सम्भव छैन ।’ चेम्जोङले नेपालको दलितहरुको मुक्तिको सवाल राजनीतिक पार्टीहरुले सहबरण गरेको अवस्था रहेको दावी गरे । प्रदेश नं.१ मा भैरहेको कोशी नाम विरुद्धको आन्दोलनलाई लक्षित गर्दै डा. चेम्जोङले भने–‘सामाजिक र साँस्कृतिक मुक्तिको लागि पहिचानवादीहरु आन्दोलन गरिरहेका छन्, यो आन्दोलन अब सातै प्रदेशमा उठ्न सक्छ ।’
त्यसैगरी भूमि सम्वन्धि समश्या समाधान आयोगका अध्यक्ष पुर्व अध्यक्ष एवं राष्ट्रिय दलित पत्रकार संघका कोशी प्रदेश सचिवालय सदस्य नैन विश्वकर्माले पनि कार्याशाला गोष्ठीमा कार्यपत्र प्रश्तुत् गरेका थिए । उनले ‘दलित समुदायको बर्तमान अवस्था, सरकारमा दलित समुदायको उपस्थिति र आगामी कार्यभार’ विषयक कार्यपत्र प्रश्तुत् गरेका थिए ।
प्रश्तुत् कार्यपत्र माथि दलित एकता समाज धनकुटाका सचिव रविन्द्र नेपाली, सदस्य मदन वसेल, देव वहादुर विश्वकर्माले टिप्पणी गरेका थिए । दुवै कार्यपत्र माथि सूझावको रुपमा पूर्व राष्ट्रिय सभाका सदस्य एवं पुर्व माननिय खेम नेपाली, कोशी प्रदेश सभा सदस्यद्धय निरन राई, इन्द्रमणी पराजुली, इन्दिरा थापा, दलित आन्दोलनका अभियान्ताहरु बोम वहादुर विश्वकर्मा अनुभूतिवम नेपाली, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
दलित महिला संघ धनकुटाकी अध्यक्ष यज्ञकुमारी रुचालको अध्यक्षतामा सम्पन्न २ दिने कार्याशाला गोष्ठीको उद्धघाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र धनकुटामा कार्यरत पत्रकार सरिता वराइली, माननिय प्रदेशसभा सदस्य कमला दर्नाल,महिला संघ धनकुटाका सस्थापक अध्यक्ष इन्दिरा घले, महालक्ष्मी वडा नं.६ का वडाध्यक्ष शिवराम विश्वकर्मा लगायतलाई दोसल्ला, सम्मान पत्र ओडाएर सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री छविलाल विश्वकर्माले सम्मान गरेका थिए । सहभागी अतिथिहरुलाई संस्थाको तर्फबाट मायाको चिनो विरतण गरिएको थियो भने कार्यक्रम धनकुटाका सात वटै पालिकाहरुको आर्थिक सहयोगमा आयोजना गरिएको हो ।
अन्य तस्विरहरु :




- Dhankutapress