Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

हाजिरी जवाफ् प्रतियोगितामा धनकुटा नगरपालिका प्रथम

  •   ४ वर्ष अघि | २२ चैत्र २०७९, बुधबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता

धनकुटा/सहकारी दिवशको अवसरमा धनकुटामा आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगितामा धनकुटा नगरपालिका प्रथम भएको छ । 

‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ भन्ने मुल नाराको साथ ६६ औं सहकारी दिवसको अवसरमा आयोजना गरिएको हाजिरी जवाफ् प्रतियोगितामा चौविसे गाउँपालिका दोश्रो भएको छ । त्यसैगरी महालक्ष्मी नगरपालिका तेश्रो भएको छ भने सहिदभूमि गाउँपालिकाले सान्तवना पुरस्कार पाएको छ । 

पालिकाहरुबाट प्रतिनिधित्व गर्दै हाजिरी जवाफ् प्रतियोगीतामा सहभागी प्रथम हुने छात्र–छात्राहरुलाई १० हजार, दोश्रो हुनेलाई ८ हजार, तेश्रो हुनेलाई ६ हजार र सान्तवना पुरस्कार विजेतालाई ४ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । जिल्ला सहकारी संघ धनकुटाको आयोजनामा जिल्लाको सातै पालिकाका विद्यालयहरुलाई समेटेर हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको हो । विजेता छात्रछात्राहरुलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले नगद तथा प्रमाण पत्र वितरण गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले सहकारी दिवशले वर्तमान संकटमा समेत कतिपनि विचलित नभई सहकारीमा आवद्ध निक्षेपकर्ताहरुको बचतको सुरक्षाका लागि संचालकहरु जिम्मेवार र प्रतिबद्ध रहेको सन्देश प्रवाह हुने आशा व्यक्त गरे । 

नगर प्रमुख तामाङले भने–‘सहकारी संचालकहरुले सहकारीको नीति,सिद्धान्त र ऐनमा आधारित भएर जिम्मेवार ढंगले आ–आफ्नो सहकारी संचालन गर्नु पर्दछ ।’ सर्वसाधरणले दुःख गरेर जम्मा गरेको निक्षेप रकम माथि कसैले मनपोली ढंगले अपचलन गर्न नपाईने भन्दै सजह र सचेत भएर सहकारी संचालन गर्न संचालकहरुलाई प्रमुख तामाङले निर्देशन दिए । ‘सहकारी संचालकहरुले सर्वसाधरणको वचत माथि गिद्धेदृष्ट्रि लगाउँछन् भने उनीहरु निश्चित रुपमा संजायको भागीदार हुनेछन्’–उनले थपे । 

जिल्ला सहकारी संघ धनुकटाका अध्यक्ष खगेन्द्र सुवेदीले सहकारीका विषयमा जानकारी दिने उद्येश्यले हाजिरि जवाफ प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए । विश्वव्यापी आर्थिक मन्दीको प्रभावले लामो समयदेखि नेपालमा उद्योगी व्यवसायीहरुको कारोबारमा संकुचन, बैंक, वित्तिय संस्था तथा सहकारी क्षेत्रमा तरलता छ । साथै, आर्थिक अभाव, उच्च व्याजदर, मूल्यवृद्धि लगायतका कारणले नागरिकहरू मर्माहत भएको वर्तमान परिवेशमा सहकारी दिवसले थारै भए पनि उत्साह वढाउने अध्यक्ष सुवेदीले वताए ।

उनले नेपालमा पहिलो पटक वि.सं.२०१० सालमा सहकारी विभाग स्थापना भएको वताए । साथै, वि.सं.२०१३ साल चैत्र–२० गते पहिलो पटक चितवनमा वखानसिं गुरुङको नेतृत्वमा वखानसिं वचत तथा ऋण सहकारी संस्था लि.को स्थापना भएको इतिहाँस सुवेदीले सुनाए । उनले भने–‘सहकारीको तिन खम्वे अर्थनीति अन्तर्गत सहकारी अभियान नेपालमा निरन्तर चलिरहेको छ ।’ सहकारी प्रति सकरात्मक भावानाको विकास गराउन हाजिरी जवाफ् प्रतियोगीता आयोजना गरिएको अध्यक्ष सुवेदीले स्पष्ट पारेका थिए ।

प्रतियोगितामा निर्णायकको भूमिकामा सहकारीकर्मी एवं त्रिवेणी कृषि उपभोक्ता सहकारी संस्था लि.का अध्यक्ष कमल कुमार लामिछाने, शिक्षक हित वचत तथा ऋण सहकारी संस्था लि.का हरि प्रसाद तिम्सिना र आकास अधिकारी रहेका थिए । त्यसैगरी संचालनमा राष्ट्रसेवक वहुउदेश्यीय सहकारी संस्था लि.का अध्यक्ष ललित वि.क., निजामती कर्मचारी संगठनका सुरेन्द्र खत्री, त्रिवेणी मा.वि.का शिक्षक मुकन्द अधिकारी र समय सूचकमा खानेपानी,सुपरिवेक्षेण तथा अनुगमन कार्यालय धनकुटाका मीनकुमार थापाले भूमिका निर्वाह गरेका थिए । 

सुलभ वचतले तथा ऋण सहकारी संस्था लि. सिधुवाले विश्रान्तीमा फलफूल वितरण :


सहकारी दिवसकै अवसर पारेर जिल्ला सहकारी संघ धनकुटाको संमन्वयमा र सुलभ बचत तथा ऋण सहकारी संस्था लि. सिधुवा धनकुटाको संयोजनमा मुलघाट स्थित् बृश्रान्ति मन्दिरका बृद्धबृद्धालाई खाद्यान्य र फलफुल वितरण गरिएको छ । 

फलफूल वितरण कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदी, सुलभ वचत तथा ऋण सहकारी संस्था लि. सिधुवा धनकुटाका अध्यक्ष मेघेन्द्र गुरुङ लगायत सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । 


  • Dhnakutapress

थप