Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

तामाङ घेदुङका अध्यक्ष गोलेले दिए राज्य सत्तालाई चुेतावनी

  •   ३ वर्ष अघि | १ भदौ २०८०, शुक्रबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

काठमाडौं/नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले भगवती पाण्डेहरु उत्पादन गर्ने सिंहदरबार नसच्चिए बन्चरेडाँडामा लगेर फालिदिने चेतावनी दिएका छन् । 

तामाङ पत्रकार संघले २९ औं तामाङ प्रसारण दिवसका अवसरमा काठमाडौंमा शुक्रबार आयोजना गरेको कार्यक्रममा सम्बोधनका क्रममा अध्यक्ष तामाङले आफ्नो समुदायमाथि थिचोमिचो र अपमान गर्ने स्रोत सिंहरबार भएकोले त्यसविरुद्ध जाइलाग्नु पर्ने बताएका हुन् ।

उनले अब सबै खालका विभेद सदा कालका लागि अन्त्य गर्नुपर्छ भनेर हामीले आवाज उठाइरहेका छौं । यस खालको विभेदहरुलाई निरन्तरता दिने हो भने, यस खालका अपमानहरुलाई निरन्तरता दिइरहने हो भने यो राज्यसत्ता विरुद्धमा ठूलो आँधीबेहरी आउन सक्छ । ठूलो संघर्ष सुरुआत हुन सक्छ / अध्यक्ष तामाङले भने, सडेगलेको सिंहदरबारलाई बन्चरेडाँडामा लगेर फाल्नु नपरोस् भनेर मैले सांकेतिक रुपमा यो उद्घोष गरेको थिएँ । किनकि भगवती पाण्डेहरु उत्पादन गर्ने कारखाना यो हो । यो हेर्डक्वार्टरले यस्ता धेरै उत्पादन गरिरहेको छ । यो सत्ताले त्यसलाई सधैंभरि अन्त गर्ने दिशातिर जान्छकि एउटा व्यक्तिको समस्या समाधान गर्नेतिर जान्छ त्यो हामीले हेर्नेपर्छ । यदि यो सत्ता करेक्सन गर्नेतिर जाँदैन भने निश्चय पनि हामीसँग आन्दोलनको विकल्प छैन ।

कतिपयले हिजो मिलेर बसेको समाजमा तामाङ लगायत उत्पीडित समुदायले निहुँ झिकेको भन्ने भनाइको खण्डन गर्दै अध्यक्ष तामाङले हिजोको दिनमा आफूहरु सहेर बसेको र अब त्यो नसकिने बताए। हिजो मिलेर बसेको समाज होइन, सहेर बसेको हो । अब सहेर बस्दैनौं । यदि सहेर बस भन्छ भने आजको युग लोकतान्त्रिक युग हो । गणतान्त्रित्क, संघीयता र धर्मनिरपेक्षताको युग हो । यो बेला हामी सबै सार्वभौम बन्न चाहन्छौं–उनले थपे ।

केही हप्ताअघि तामाङ, मगर समुदायमाथि अपमान हुने कपोलकल्पित अभिव्यक्ति दिने भगवती पाण्डे र उनलाई पक्राउ गर्न माग गर्दा धरपकड र हिरासतमा यातना दिने प्रहरीमाथि राज्यले कारबाही नगर्ने शंकामा सरोकारवाला आन्दोलित छन् । सरकारले ढिलै भए पनि कानुनी प्रक्रिया अगाडि बढाएको र दोषी प्रहरी पहिचान गर्न छानबिन समिति बनाएको छ । यी मुद्दामा सरकारले उन्मुक्ति दिए आन्दोलन चर्काउने अध्यक्ष गोलेले चेतावनी दिएका छन् ।

छानबिन समिति गठन गरेको अवस्था । त्यसको कार्यावधि १० दिनको आज सकिँदैछ । हामी पर्ख र हेरको स्थितिमा छौं । उनले भने–‘त्यो प्रतिवेदन कस्तो आउँछ, राज्यले न्याय दिन्छ कि दिँदैन । अपमान गर्नेलाई राज्यले कारबाही गर्छ कि गर्दैन । हामी त्यो हेरिरहेका छौं । साउन २२ मा हामीले सानो टेलर देखायौं अब फेरि तीन घण्टाको फिलिम देखाउन नपरोस् । जबसम्म भगवती पाण्डे र  शान्तिपूर्ण आन्दोलनकारी हाम्रा साथीहरु माथि निर्मम, चरम यातना दिने प्रहरी अधिकारीहरुलाई कारबाही गरिँदैन भने तामाङ समुदायले छोड्ने परिस्थित बन्दैन । हामी सहने अवस्थामा छैनौं । राज्यले कारबाही गर्दैन भने तिनलाई तामाङ जनताले नै कारबाही गर्छौं ।

  • Dhankutapress

थप