धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को प्रदेश समितिको कार्यालय धनकुटामा स्थापना गर्न सहयोग गर्ने बताएका छन् ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औं स्थापना दिवशको अवसरमा सनिवार धनकुटामा आयोजित शुभकामना आदन प्रदान एवं ‘नगर समृद्धिको सारथि’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख तामाङले यस्तो बताएका हुन् ।
१ नम्बर प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा फार्मेसी अधिकृत पदमा कार्यरत धनकुटा–७ परिचयमोड घर भएकी दिक्षिता लामालाई सम्मान गर्दै फोनिज संघिय समितिका उपाध्यक्ष कमन देवान /
सो अवसरमा वोल्दै नगर प्रमुख तामाङले धनकुटा नगरपालिकामा कुल जनसंख्याको १ हजार घरधुरी गरिवीको रेखा मुनि रहेको वताए । उनले ति सवै आदिवासी जनजाति रहेको र त्यसमा पनि विशेष गरेर आठपहरिया समुदाय रहेको वताएका छन् । उनले नगर क्षेत्रका अधिकांश आठपहरिया समुदायको जग्गा जमिन मिटर व्याजमा धनकुटा वजारका साहू महाजनको घरमा धितो वन्दक रहेकाले उनीहरु सुकुम्वासी भएको बताएका छन् । उनले मिटर व्याज र धितो वन्धकीको कारण सुकम्वासी भएका आठपारिहया समुदायको दाजुभाई तथा दिदिवहिनीहरुको सम्पुर्ण घरजग्गा उकासी दिन धनकुटा नगरपाकिाले पहलकदमी थालेको बताएका छन् ।
नगर प्रमुख तामाङले जस्का लागि किराँत आठपहरिया समाजका अगुवा एवं धनकुटा नगरपालिका वडा नं.८ का वडाध्यक्ष रस वहादुर आठपहरियालाई कार्यदलको संयोजक वनाएको बताए । तामाङले कार्यदलका संयोजक सहित आठपहरिया समुदायका अगुवाहरु र नगरपालिकाको प्रतिनिधि विच सम्वाद समुह धनकुटाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा समेत सहभागी भएर अघि वढी सकिएको बताए ।
लामो समय देखि सोझा सिधा आठपहरिया दाजुभाई तथा दिदि वहिनीहरु अन्याय र उत्पिडनमा परेकाले त्यस तर्फ फोनिजकर्मीलाई कलम चलाउन नगर प्रमुख तामाङले आग्रह गरे । उनले जुन उदेश्यले फोनिज स्थापना भएको थियो सोही अनरुप काम गरेर देखाउन पनि उनले सहभागी फोनिजकर्मीहरुलाई विशेष आग्रह गरेका छन् । उनले फोनिज प्रदेश समितिले आफ्नो प्रादेशिक कार्यालय धनकुटामा राख्ने भनेर जुन साहास गरिरहेको छ, सकरात्मक पक्ष भएको भन्दै जस्का लागि नगरपालिकाले आर्थिक, भौतिक रुपमा सक्दो सहयोग गर्ने बताए ।
त्यसैगरी कार्यक्रमका अर्का वक्ता फोनिज संघिय समितिका उपाध्यक्ष कमन देवानले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारयण वहादुर श्रेष्ठ रहेको दावी गरेका छन् । उनले इहिाँसलाई वंग्याएर नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले संस्थाकप अध्यक्ष सत्यनारयण वहादुर श्रेष्ठको अस्तित्व मेटाउन खोजेको आरोप लगाएका छन् । श्रेष्ठले वि.सं.२००८ सालमा नेपाल पत्रकार महासंघको स्थापना गरेको फोनिज नेता देवानको दावी थियो ।
‘नगर समृद्धिको सारथि’ नामक पुस्तक विमोचन
धनकुटा नगरपालिकाको सहयोगमा मनकामना मिडिया हाउस धनकुटाले प्रकाशन गरेको नगर समृद्धिको सारथि नामक पुस्तकको एक समकारोहको, विच विमोचन गरिएको छ । धनकुटा नगरायकोपालिकाका प्रमुख चिन्तन तामाङ, फोनिज संघिय समितिका उपाध्यक्ष कमन देवान लगायत अतिथिहरुले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् ।
धनकुटा नगरपालिकाको सहयोग र मनकामना मिडिया हाउस धनकुटाले प्रकाशन गरेको ‘नगर समृद्धिको सारथि’ नामक पुस्तक विमोचन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ लगायतका अतिथिहरु ।
पुस्तकमा विशेष गरेर नगरपालिका भित्र आर्थिक, सामाजिक कार्य मार्फत समृद्धिको लागि लागेका कृषि, पशु, घरेलु उधोग, पर्यटन, सहकारी र टोल विकास संस्थाहरुमा स्थानिय सरकारले पु¥याएको सेवा प्रवाहलाइ ‘नगर समृद्धिको सारथि’ नामक पुस्तकमा समेट्ने प्रयास गरिएको छ । त्यसैगरी निजी फर्म वा संस्थाहरुले आर्थिक समृद्धिको लागि गरेको कार्यलाई जनचासो र सेवा प्रवाहको प्रभावकारिता, जवाफदेहिता र योगदानलाई पहिलो प्राथमिकतामा राखी पुस्तक मार्फत उजागर गर्न खोजिएको छ ।
पुस्तकको धनकुटा वहुमुखी क्याम्पसका सह–प्राध्यापक डा. यज्ञ प्रसाद गुरागाँई, उप–प्राध्यापक इच्छापुर्ण राई, कृषि अभियान्ता जीवन प्रसाद राईले पुस्तक माथि टिप्पणी गरेका थिए । उनीहरुले पुस्तकमा समेटिएको विषय वस्तु प्रेरणादायी भएको र अन्यले पनि अनुशरण गर्न सक्ने वताए । पुस्तक प्रकाशनका वारेमा धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले स्पष्ट पारेका थिए ।
सो अवसरमा फोनिज १ नम्वर प्रदेश समितिको तर्फबाट फोनिजका पुर्व केन्द्रिय सदस्यहरु स्थानिय तहको निर्वाचनमा निर्वाचित भएका आठराई त्रिवेणी गाउँपालिका ताप्लेजुङमा उपाध्यक्ष शान्ता आङ्गवुहाङ, नेचा सल्यान गाउँपालिका सोलुखम्वुका उपाध्यक्ष विना राई, सुर्यदय नगरपालिका इलामका कार्यपालिका सदस्यमा निर्वाचित भएका खेम भुजेल र फोनिज प्रदेश समितिका लेखा समिति संयोजक एवं छथर गाउँपालिका वडा नं.६ तेह्रथुमका वडाध्यक्ष महेन्द्र मादेनलाई खदा, फेटा र सम्मान पत्र प्रदान गरिएको छ । त्यसैगरी धनकुटा नगरपालिका वडा नं.७ घर भएका फोनिजकर्मी एवंम प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा फार्मेसी अधिकृत पदमा कार्यरत दिक्षिता लामालाई सम्मान गरिएको छ ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा सम्पन्न शुभकामना आदन प्रदान तथा ‘नगर समृद्धिका सारथि’ नामक पुस्तक विमोचन समारोहमा फोनिजका संघिय समिति सल्लाहकार संजय सन्तोषी राई, प्रदेश नं.१ का निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राई, नि–इन्चार्ज दिपिन राई, हालका इन्चार्ज भक्तशेर लिम्वु लगायतले सम्वोधन गरेका थिए । कार्यक्रममा फोनिजका सल्लाहकार, पदाधिकारी, कार्य समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
- Dhankutapress