Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार माङसेबुङका केदेमलाई

  •   ३ वर्ष अघि | १८ भदौ २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

इलाम/आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार, २०८० बाट इलामका पत्रकार ज्ञानु केदेम पुरस्कृत भएका छन्। नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २४औं स्थापना दिवसको अवसरमा सोमबार इलामको सदरमुकाममा एक कार्यक्रम आयोजना गरी केदेमलाई पुरस्कृत गरिएको हो।

केदेमलाई प्रमुख अतिथि इलाम नगरपालिकाका मेयर केदार थापा र प्रमुख जिल्ला अधिकारी श्रवनकुमार तिम्सिनाले दोसल्ला र सम्मानपत्रले सम्मान गर्दै पुरस्कार प्रदान गरेका हुन् । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) ले स्थापना गरेको पुरस्कार राशी नगद १० हजार रहेको छ। उनलाई सो नगदको चेक समेत हस्तान्तरण गरिएको छ।

गतवर्ष देखि वितरण गर्न सुरु गरिएको पुरस्कारबाट अग्रज पत्रकार सटेन्द्र बजेगू पहिलोपटक पुरस्कृत भएका थिए । सोही पुरस्कार दोस्रो पटक केदेमलाई प्रदान गरिएको हो।

डेढ दशकदेखि इलामे पत्रकारितामा क्रियाशिल रहेका केदेम नेपाल पत्रकार महासंघ इलामका सहसचिव एवम् फोनिज प्रदेश १ का कार्यसमिति सदस्य हुन्। हाल इलामको माङसेबुङबाट प्रकाशित माङसेबुङ मासिक म्यागजिनका उपसम्पादक छन्।

पुरस्कारका निमित्त फोनिज इलामले आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार छनौट तथा व्यवस्थापन कार्यविधि, २०७८ तर्जुमा गरी पुरस्कार कोष स्थापना गरेको छ।पुरस्कार कोषबाट हरेक वर्ष एक आदिवासी जनजाति पत्रकारलाई पुरस्कार वितरण गरिनेछ।

कार्यविधिमा फोनिज इलाम शाखाको साधारण सदस्य भई पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति एवम् अल्पसंख्यकरलोपोन्मुख आदिवासी जनजातिको व्यक्तिगत र सामुदायिक हक, अधिकार, पहिचान, मातृभाषा, लिपि, कला, सीप, धर्म, संस्कार र संस्कृति सम्बन्धीको समाचार, फिचर, लेखरआलेख, वहसरपैरवी गरी समग्र आदिवासी जनजातिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने इलामेली आदिवासी जनजाति पत्रकारहरुलाई पुरस्कृत गरिने फोनिजले जनाएको छ ।

  • Dhankutapress

थप