Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

फोनिजले कोशी प्रदेश नमान्ने

  •   ४ वर्ष अघि | २० फाल्गुन २०७९, शनिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

काठमाडौँ/नेपाल आदिवासी जनजाति पत्रकार महासंघले प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राखिएकोमा विरोध जनाएको छ । शनिबार महासंघका महासचिव मिलन लिम्बुले एक विज्ञप्ति जारी गरी सडकमा निषेधाज्ञा जारी गरेर प्रदेश १ को नामा ‘कोशी प्रदेश’ राखिएको भन्दै विरोध जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ । सभ्यता, संस्कृति, जातीय पहिचान र राजनीतिक ऐतिहासिकता आदिले अत्यन्त संवेदनशील प्रदेश नम्बर १ को नामाकरण संघीयताको मर्मविपरीत र बलपूर्वक सडकमा निषेधाज्ञा जारी गरेर ‘कोशी प्रदेश’ कायम गरिएको प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०को गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रदेश १ किरात सभ्यताको विरासत हो भएको दावी गर्दै फोनिजले लिम्बुवानको ऐतिहासिक राजनीतिक पृष्ठभूमिसहित गर्विलो इतिहासको निरन्तरता भएको बताएको छ । त्यसैगरी यो प्रदेश कोच सभ्यता र हिमाली संस्कृति सहितको शेर्पालुङ पहिचानको थलो भएको जनाउँदै महासंघले प्रदेशका आम जनताको भावना र चाहनाविपरीत र खासगरी रैथाने आदिवासी जनजाति समुदायको पहिचान प्राप्तिको मर्ममाथि निर्मम प्रहार गरेर कोशी प्रदेश नामाकरण गरिएको आरोप लगाएको छ । सो संगठनले उक्त कदमको घोर निन्दा र भर्त्सना समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ स् ‘कोशी नदीलाई कुनै पहिचान चाहिएको होइन । पहिचानको प्रदेश माग्ने समुदाय, राजनीतिक समूह र सरोकारवालाहरूसँग कुनै परामर्शसमेत नगरी मतादेशको दम्भमा जारी गरिएको कोशी प्रदेशले प्रदेश नम्बर १ को जनजीवन र प्रदेशवासीहरुबीचको आपसी एकता र हार्दिकतालाई खलल पुग्ने फोनिज संघीय समितिको ठहर छ ।’ यो कदम कालान्तरमा बिखण्डनको बिउका रूपमा अंकुराउन सक्ने समेत महासंघको विज्ञप्तिमा उल्लेख छ ।

फोनिजले बारम्बार प्रदेश नम्बर १ को नामाकरण सभ्यता, पहिचान र ऐतिहासिक निरन्तरताका आधारमा किरात–लिम्बुवान वा लिम्बुवान–किरात हुनु पर्दछ भनेर माग गर्दै आएको समेत विज्ञप्तिमार्फत स्मरण गराएको छ । महासंघले कोशी प्रदेश खारेजी र पहिचानका आधारमा प्रदेश नम्बर १ को पुनःनामकरणका लागि भइरहेका सबै शान्तिपूर्ण आन्दोलनहरूमा समर्थन रहने समेत जानकारी गराएको छ ।

यसै विच आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिले पनि विज्ञप्ती जारी गरेर प्रदेश नं.१ नाम प्रदेश सभाले कोशी प्रदेश नामंकन गरेको प्रति विरोध जनाएको छ । विज्ञप्तीमा फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामा र सचिव शन्देश सुब्बाले हस्ताक्षर गरेका छन् । 


  • Dhankutapress

थप