Breaking News
राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||     निर्माण व्यवसायी कार्की माथि कालोमोसो दल्नेलाई कार्वाहीको माग    ||     सरकारले कृषिमा लगानी बढाउनु पर्नेमा जोड    ||     संविधान र कानुनका ज्ञाता सुवाचन्द्र नेम्वाङ सधैका लागि अस्ताए    ||     फुपूचेला, मामाचेलीको प्रथा यो राज्य बन्नुअघि नै तामाङहरुले अभ्यास गरेको परम्परा हो : अध्यक्ष गोले    ||     धनकुटा नगरपालिकाको बिदाई तथा स्वागत कार्यक्रममा ३७ वुँदा लामो सूझाब पत्र पेश    ||     अन्तराष्ट्रिय तामाङ परिषदको पाँचौं सम्मेलन सनिवार देखी थाईलेण्डमा शुरु    ||    

फनपार्क संचालकको लापर्वाहीले धनकुटामा २ बालकको ज्यान गयो

पिडित पक्ष न्याय खोज्दै जिल्ला प्रहरी कार्यालयमा

  •   १ वर्ष अघि | ११ असार २०७९, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटामा फनपार्क संचालकको लापर्वाहीको कारण पोखरीमा डुबेर दुईजना बालकको सनिवार ज्यान गएको छ ।

धनकुटा नगरपालिका–६ पात्लेखोलामा रहेको धनकुटा एग्रो टुरिजम फन एण्ड भ्यालीले आन्तरिक पर्यटकका लागि संचालनमा ल्याएको बोटिङ गर्ने पोखरीमा डुवेर २ बालकको ज्यान गएको हो । पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका–४ घर भएका विजय राईको १३ वर्र्षीय छोरा सोनिम राई र धनकुटा नगरपालिका–२ भिरगाउँ घर भएका दिलवहादुर राईका १४ वर्र्षीय छोरा उदय राईको ज्यान गएको प्रहरीले जनाएको छ । 

धनकुटा एग्रो टुरिजम फन एण्ड भ्यालीले आन्तरिक पर्यटकका लागि संचालनमा ल्याएको बोटिङ गर्ने पोखरीमा ३–४ वर्ष यता शुल्क लिएर संचालन गर्दै आएको थियो । पौडी खेल्ने क्रममा पोखरीमा डुबेर वेहोस भएका दुवै जनाको धनकुटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सोनिम र उदयसँगै पौडी खेल्न गएका धनकुटा नगरपालिका–५ घर भएका विनोद राईका छोरा वर्ष १६ का सुदेश राई भने सकुशल रहेका छन् । विहान तिनै जना टुडिखेलमा भेला भएर ९ वजेसम्म फुटवल तालिम गरेको सुदेशले वताए । त्यस पछि मृतक उदय राईको घरमा गएर १० वजे खाना खाएको र हिँड्दै आफूहरु १२ बजे पोखरीमा पुगेको बताए । सनिवार उदयको भने जन्म दिन समेत परेको थियो । शुरुमा सोनिम डुवेको आफूले देखेको र सोनिमलाई तान्न जाँदा उदय पनि डुवेको सुदेशले वताए । 

पोखरीमा डुवेर वेहोस भएका दुई वालक उपचारको लागी धनकुटा अस्पतालमा एम्वुलेन्सबाट झार्दै ।

दुवै जना पौडी खेल्ने क्रममा पोखरीमा हराएपछि वाहिर रहेका सुदेशले स्थानियलाई खवर गरेका थिए । खवर गरे लगत्तै स्थानिय पायल राई र दिनेश राईले निकालेका थिए । दुवै जनालाई वाहिर निकालेर उपचारको लागि धनकुटा अस्पतालको आकस्मिक कक्षमा ल्याइएको र उपचारको क्रममा मृत्यु भएको थियो । उनीहरुको लास पोष्टमार्टमको लागी जिल्ला अस्पताल धनकुटामा राखिएको छ । डुवेर मृत्यु भएका उदय धनपा–५ तल्लो गोकुडेश्वर माविमा कक्षा–७ मा अध्यनरत थिए भने सोनिम माथिल्लो गोकुडेश्वरमा कक्षा–८ मा अध्ययनरत थिए ।

पिडित पक्ष न्याय खोज्दै जिल्ला प्रहरी कार्यालयमा पुगेपछि फनपार्क संचालक र पिडित पक्ष घट्नाको विषयमा छलफल गर्दै ।

घट्ना घटेको वेला फनपार्क रेखदेखका लागी वसेका कर्मचारी पवन भण्डारीले आफू त्यहाँ नभएको वताएका छन् । उनले आफू नभएको वेला वालकहरु पोखरीमा खेल्न गएको वताए । अर्का कर्मचारी नितेश पराजुली पनि आफन्तको मृत्यु भएर मलामी गएको उनले वताए । उनले जेष्ठ–१ गते देखी पोखरी प्रवेश वन्द गरेर माछा पालन मात्र गर्दै आएको वताए । 

धनकुटा एग्रो टुरिजम फन एण्ड भ्यालीका संचालक समितिका अध्यक्ष गोपाल गुरागाँईले घट्ना अकल्पनीय भएको बताए । बालकहरु डुवेर मृत्यु भएको खवर सुन्दा आफूलाई पिडावोध भएको वताएका छन् । उनले फनपार्कमा जिम्मेवारी दिएर राखेको कर्मचारीहरु र व्यवस्थापनबाट कमि कम्जोरी भएको स्वीकारेका छन् । स्थानियले भने फनपार्क संचालकको गम्भिर लापार्वाहीले गर्दा घट्ना घटेको वताए ।  

यता पिडित पक्ष उदयका आमा रुपकला राई वुवा दिलकुमार राई, सोनिमका हजुर आमा वुद्धिमाया राई न्याय खोज्दै जिल्ला प्रहरी कार्यालय पुगेका छन् । घट्नाको सम्वन्धमा सनिवार साँझ फनपार्क संचालक पक्षका गोपाल गुरागाँई, डम्वर वहादुर काफ्लेसंग जिल्ला प्रहरी कार्यालयमा पिडित पक्षसंग वार्ता भए पनि नटुङ्गिएको वताइएको छ । श्रोतका अनुसार आईतवार विहान ७ वजे पुनः वैठक वस्ने गरि छलफल टुङ्गिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एस्पी लक्ष्मीराज अधिकारीले धनकुटा जिल्लामा आ.व.०७८÷०७९ मा ६ वटा घट्ना घटेको वताएका छन् । यस अघि चौविसे गाउँपालिकाको वडा नं. २ मुडेवासमा मानव निर्मित माछा पोखरीमा डुवेर २ जना, अरुण नदिको लेगुवाघाटमा १ जना र तमोर नदीको विश्रान्तीमा १ जना गरी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एस्पी अधिकारीले फनपार्क संचालकहरुको हेल्चेक्र्याई देखिएको वताए । उनले सरोकारवाला पक्षसंग वसेर आवश्याक छलफल गरेर पिडित पक्षको जाहेरीको आधारमा संचालकहरु माथि आवश्याक कार्वाही हुने वताएका छन् । 

  


  • Dhankutapress

थप