Breaking News
राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||     निर्माण व्यवसायी कार्की माथि कालोमोसो दल्नेलाई कार्वाहीको माग    ||     सरकारले कृषिमा लगानी बढाउनु पर्नेमा जोड    ||     संविधान र कानुनका ज्ञाता सुवाचन्द्र नेम्वाङ सधैका लागि अस्ताए    ||     फुपूचेला, मामाचेलीको प्रथा यो राज्य बन्नुअघि नै तामाङहरुले अभ्यास गरेको परम्परा हो : अध्यक्ष गोले    ||     धनकुटा नगरपालिकाको बिदाई तथा स्वागत कार्यक्रममा ३७ वुँदा लामो सूझाब पत्र पेश    ||     अन्तराष्ट्रिय तामाङ परिषदको पाँचौं सम्मेलन सनिवार देखी थाईलेण्डमा शुरु    ||    

‘कोशी’ नाम विरुद्ध एकल जातिय संस्थाहरुको एक्यवद्धता सभा इटहरीमा सम्पन्न

एकल जातिय संस्थाका अगुवाहरुले भने–‘कोशी’ नाम खारेज नहुञ्जेलसम्म पहिचानको आन्दोलन निरन्तर अघि वढ्छ ।’

  •   १ महिना अघि | १९ कार्तिक २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

इटहरी/प्रदेश नं.१ को नाम ‘कोशी’ खारेजी विरुद्ध एकल जातिय संस्थाहरुको वृहत एक्यवद्धता सभा सनिवार इटहरीमा सम्पन्न भएको छ । सभामा वोल्ने एकल जातिय संस्थाका अगुवाहरु एवं अभियान्ताहरुले ‘कोशी’ नाम खारेज नहुञ्जेलसम्म पहिचानको आन्दोलन निरन्तर रुपमा अघि वढाउने उद्धघोष गरेका छन् । 

एक्यवद्धता सभामा वोल्दै नेपाल आदिवासी जनजाति महासंघका संघीय अध्यक्ष गेल्जे शेर्पाले १ नं. प्रदेशको नाम ‘कोशी’ खारेजीको मुद्धा आदिवासी जनजातिहरुको साझा मुद्धा भएको बताएका छन् ।

सुनसरीको इटहरीमा सनिवार आयोजित ‘कोशी’ नामांकन खारेजी आन्दोलनप्रति आदिवासी जनजाति संघ संस्थाहरुको एक्यवद्धता वृहत्त सभालाई सम्वोधन गर्दै संघीय अध्यक्ष शेर्पाले सो कुरा बताएका हुन् । अध्यक्ष शेर्पाले भने–‘अहिलेसम्म पहिचानको नाममा १ नम्वर प्रदेशमा भईरहेको आन्दोलन राई,लिम्बु समुदायको मात्र होकी जस्तो भईरहेकोले अबको आन्दोलनहरुमा नेपाल आदिवासी जनजजाति महासंघ संघीय परिषदमा आवद्ध सबै एकल जाति समुदायले संयुक्त रुपमा लड्ने छन् ।’ 

उनले भने–‘अबको पहिचानको आन्दोलन सातै प्रदेशमा गरिनेछ । साथै, ति आन्दोलनमा एक समुदायले अर्को समुदायलाई सहयोग र समर्थन गर्दै प्रदेशको नामहरु पहिचानको आधारमा स्थापित गर्न महासंघको तर्फबाट प्रतिवद्धता जाहेर गर्दछु ।’ शेर्पाले थपे–‘आजको कार्यक्रमबाट अबको पहिचानको आन्दोलनमा सबै जातीय संस्थाका संघीय अध्यक्षहरुले एक्यवद्धता समेत जनाएका छन, यस्लाई अब सातै प्रदेशमा कार्यन्वयन गरेर लानु पर्दछ ।’ 

सभालाई सम्वोधन गर्दै नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेले भने–‘पहिचान र अधिकारको लागि आफ्नो जीवन उत्सर्गमा पु¥याउने ५ जना लिम्वुवानी महान सहिदहरु राजकुमार आङ्गदेम्वे, गजेन्द्र चेम्जोङ, विजय आङ्गदेम्वे, मनिल तामाङ र पदम लिम्वू ‘लाजेहाङ’ प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।’ उनले ‘कोशी’ नाम खारेजी पहिचानको आन्दोलन प्रति नेपालको १७ लाख तामाङहरुको तर्फबाट एकयवद्धता रहेको घोषणा गरे । गोलेले भने–‘पहिचान विरोधीहरुले मध्ये रातमा ‘कोशी’ नाम घोषणा गरे, हामीले प्रेस विज्ञप्ती मार्फत मध्ये घाममा ‘कोशी’ नामको विरोध गर्यौं ।’ तर, हामीले जारी गरेको प्रेस विज्ञप्तीले मात्र पुगेन भन्दै संघीय अध्यक्ष गोलेले भने–‘अहिले हामीले भौतिक रुपमा उपस्थित् भएर भनिरहेका छौं, केदार कार्की, हिक्मत कार्कीहरुलाई तिमिहरुको कमि कम्जोरीहरु करेक्सन गर ।’ यहि गर्दैनौ भने–‘हामी प्रदेश नं.१ का ३ लाख तामाङहरु प्रदेश नं.१ मा चलिरहेको पहिचानको आन्दोलनमा काँधमा काँध हातमा हात मिलाएर अघि वढ्ने उद्घोष गर्दछौं ।’–गोलेले थपे । 

कार्यक्रमलाई सम्वोधन गर्दै अर्का बक्ता किराँत याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष प्रेम येक्तेनले भने–‘पटकपटक मुख्यमन्त्री फेरिने या मन्त्री हुनेक्रम जारी भएपनि हाम्रो मुद्धा स्थापित नभइञ्जेल ८२ जना प्रदेशसभा सदस्यहरुलाई गाउँगाउँ, बस्ति र गल्लीहरुमा कुनै पनि हालतमा पस्न नदिइने ।’ उनले शान्ति पूर्णरुपमा भइरहेको पहिचानको आन्दोलनलाई खेलाची ठानी पहिचानवादीलाई जिस्काए त्यो जिस्काई र ठट्टा महंगो हुने समेत चेतावानी दिए । शान्तिपूर्ण आन्दोलनलाई हतियार बोक्न बाध्य नपार्न राजनीतिक दलका नेता तथा प्रदेश र संघीय सरकारलाई अध्यक्ष येक्तेनले चेतावानी दिए ।

वृहत्त सभामा एक्यवद्धता जनाउने संस्थाहरुमा थारु कल्याणकारीणी सभा सुनसरीका अध्यक्ष सुरेन्द्र चौधरी, नेपाल शेर्पा संघका संघीय महासचिव लाक्पा शेर्पा, सुनुवार सेवा समाजका संघीय अध्यक्ष अमृत सुनुवार, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी संघीय महासचिव शोभा सुनुवार रहेका छन् । त्यसैगरी तमु ह्युल्ला छोँधीका संघीय उपाध्यक्ष धनमान गुरुङ, सुनवार सेवा समाजका केन्द्रिय अध्यक्ष अमृत सुनवार, किराँत राई यायोखाका केन्द्रिय उपाध्यक्ष तिलक याम्फू राई, नेवाः देय दवुःका संघीय उपाध्यक्ष उमेश स्थापित, नेपाल मगर संघका संघीय अध्यक्ष ज्ञानेन्द्र पुन मगर लगायतले पहिचानको आन्दोनमा हुने हरेक गतिविधिमा सामेल हुने उनीहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । 

सभामा प्रदेश नं.१ मा रहेका नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध विभिन्न जातजातिहरुको संघ संस्थाहरुबाट उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा आदिवासी जनजाति महासंघ प्रदेश नं.१ का अध्यक्ष ध्रुर्व सुव्वा, नेवा दवुका प्रदेश अध्यक्ष इन्द्र श्रेष्ठ, तमु ह्युल्ला छोँधीका प्रदेश नं.१ का अध्यक्ष केशरमान गुरुङ्ग, नेपाल तामाङ घेदुङका प्रदेश नं.१ का अध्यक्ष रेखवहादुर घिसिङ्ग लगायतले वोलेका थिए । कार्यक्रममा सामाजिक अभियान्ता कृष्ण भट्टचन, राष्ट्रिय जनमुक्ति पार्टीका संघीय अध्यक्ष केपी पालुङ्गवा, घेदुङ संघीय समिति वरिष्ठ सल्लाहकार सुजेन्द्र गोले, नेफिन सुनसरीका अध्यक्ष राममाण्डप राई लगायतको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन नेपाल मगर संघका केन्द्रिय सह–अध्यक्ष गंगावहादुर थापा मगरले गरेका थिए ।  

अन्य तस्विरहरु :



  • Dhankutapress

थप