धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिका वडा नं.९ छिम्सुवा मुलघाटबाट सहिदभूमि गाउँपालिकाको वडा नं.९ सफाईधाप तर्फ जाँदै गरेको मोटर साईकल दुर्घटनामा परी शुक्रवार एक जनाको ज्यान गएको छ ।
धनकुटाको मुलघाट देखि सफाईधाप तर्फ जाँदै गरेको को.६प.२१४९ नम्वरको १ सय ५० सिसिको कालो पल्चर तिव्रगतिका कारण दुर्घटना हुँदा सहिदभूमि गाउपालिका वडा नं.१ का अन्दाजी वर्ष ६५ का गोपाल राईको मृत्यु भएको हो । दुर्घटना शुक्रवार साँझ ७ः४५ वजे भएको प्रहरीले जानकारी दिएको छ । मृतक राईको टाउकोमा गम्भिर चोट लागेको र अत्याधिक रक्तस्राव भएको कारण तत्काल अस्पताल पु¥याउन नसक्दा मृत्यु भएको हो ।
मोटर साईकल चालक मृतक राईका छिमेकी अन्दाजी वर्ष २७ का पूर्ण कट्वाल भने दुर्घटनामा परी गम्भिर घाइते भएका छन् । उनको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको प्रहरीले जनाएको छ । उनको टाउँको र शरिरको विभिन्न भागमा गम्भिर चोट लागेको छ ।
घाईते कट्वाल विहिवार यातयात कार्यालय धनकुटामा मोटर साईकलको ट्रायल दिन आएका थिए । ट्रायल दिने क्रममा उनी फेल भएका थिए । चालक कट्वालले मोटर साईकल क्दाउने क्रममा मादक प्रदार्थ समेत सेवन गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
- Dhankutapress