Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

तनहुँमा भएको बस दुर्घटनामा धनकुटाको हस्त राई सहित २ जनाको मृत्यु

  •   ३ वर्ष अघि | १३ मंसिर २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

पोखरा/तनहुँको ब्यास नगरपालिका–२ घाँसीकुवामा वुधवार विहान यात्रु वाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

वुधवार बिहान पौने ६ बजे पोखरा जाँदै गरेको ग १ ख ७८९५ नम्बरको यात्रु वाहक बस पृथ्वी राजमार्ग सडक खण्डको घाँसी कुवामा सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका ट्राफिक प्रहरीका एस्पी सुमन कुमार तिम्सिनाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका धनकुटाको सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलको अन्दाजी ५०/५५ वर्षका टोप बहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो ।

राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र मगरको दमौली अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको  तिम्सिनाले जानकारी दिए । दुर्घटनामा परी चालकसहित ३६ जना घाइते भएका छन् । घाइतेहरूमध्ये  ९ जनालाई  पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रेफर गरिएको छ । अन्यको दमौली अस्पताल र नहुँको रत्नहरी मेमोरियल अस्पतालमा उपचार भइरहेको एस्पी तिम्सिनाले जानकारी दिए ।

घाइतेहरु मध्ये सप्तरीको महादेब गाउँपालिका–६ का १५ वर्षीया प्रति यादब उपचार पश्चात डिस्चार्ज भइसकेकी छन् । प्रारम्भिक अनुसन्धान अनुसार बस अनियन्त्रित भएर दुर्घटना भएको हो । यसबारेमा थप अनुसन्धान भइरहेको  तिम्सिनाले बताए ।

यता साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दालीले वुधवार नै एक शोक विज्ञप्ती जारी गरेर घट्नामा परि मृत्यु भएकाहरुको मृत आत्माको चिरशान्तिको लागि हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । अध्यक्ष रुम्दालीले विज्ञप्तीमा भनेका छन्–घाँसी कुवा यात्रुवाहक वस दुर्घटनामा साँगुरीगढी गाउँपालिकाको वडा नं.७,८ र ९ का वडावासी धेरै परेकाले घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावकारी उपचारको माग गरेका छन् । 


  • Dhankutapress

थप