धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/देशव्यापी रुपमा १६ दिने लैंगिक हिंशा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला धनकुटामा लैगिक हिंशाको बारेमा समाजमा सोंच बदल्ने उदेश्यले नाटक मञ्चन गरिएको छ ।
विश्व वैंकको सहयोग र धनकुटा नगरपालिकाको समन्वयमा कथा घेरा थ्रिएटर ग्रुप काठमाण्डौंले लैगिश हिंशा विरुद्ध जनचेतना जगाउँने उदेश्यले नाटक मञ्चन गरिएको हो । विश्व वैंकको लैगिक हिंशा न्यूनिकरण गर्ने जनचेतनामुलक कार्यक्रम अन्तर्गत देशको विभिन्न भागमा नाटक मञ्चन गरिएको हो ।
१६ दिने लैंगिक हिंशा विरुद्धको अभियान संचालन भएदेखी हालसम्म कथा घेरा थिएटर काठमाण्डौले उपत्याकामा १ स्थानमा नाटक प्रदर्शन गरेको छ । त्यसैगरी उपत्याका वाहिर काँकडभिटा, उर्लाबारी र धनकुटामा नाटक मञ्चन गरेको कार्यक्रममा सहभागी विश्व बैंकका एक अधिकारीले बताए । उनले नाटक विशेष गरेर स्थानिय स्थरमा सहभागी दर्शक दिर्घालाई प्रत्यक्ष रुपमा सोधेर कलाकारहरुले नाटकको कथा मञ्चन गर्ने गरेको बताए ।
धनकुटा पछि लुम्विनी प्रदेसको तिलोतमा पालिकामा नाटक प्रदर्शन गरिने बताइएको छ । नाटकमा कथा घेरा थ्रिएटर ग्रुप काठमाण्डौंका सुधम विश्वकर्माको निर्देशनमा ९ जना कलाकारहरुले कथा मञ्चन गरेका थिए । धनकुटा नगरपालिकाको पर्यटकिय नगरी हिले बजारमा रहेको हिले क्याम्पसको सभाहल र जिल्ला सदरमुकाम धनुकटामा रहेको सामुदायिक भवनमा थ्रिएटर ग्रुपले नाटक मञ्चन गरेको थियो ।
सामुदायिक भवनमा आयोजना गरिएको नाटक प्रदर्शनीमा जिल्ला समन्वय समितिका उप–प्रमुख सावित्रा राई, धनकुटा नगरपालिकाका उप–प्रमुख भीमादेवी खनाल, प्रमुख प्रशासकिय अधिकृत दशरथ राई लगायतको उपस्थिति रहेको थियो । नाटक हेर्न धनकुटा नगरपालिकाको विभिन्न वडाका जनप्रतिनिधिहरु, टोलबस्ती संगठनका प्रमुख एवं प्रतिनिधिहरु, विभिन्न सामाजिक संघ संस्थाका अगुवा एवं स्थानिय पत्रकारहरुको सहभागिता रहेको थियो ।
- dhankutapress