Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

‘बाग्मती प्रदेश भाषा विधेयक २०८०’ पारित गरेको उपलक्ष्यमा दिप प्रज्वलन गरी धन्यवाद ज्ञापन

  •   ३ वर्ष अघि | ६ कार्तिक २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

वौद्ध, काठमाण्डौ/ तामाङ र नेवाः संघसंस्थाहरुको आयोजनामा बाग्मती प्रदेशसभाले ‘बाग्मती प्रदेश भाषा विधेयक २०८०’ पारित गरेकोमा बुधाबार साँझ बौद्धनाथ स्तुप परिसरमा दीप प्रज्वलन गरी खुसी व्यक्त गरेका छन् । लामो संघर्ष पछि तामाङ र नेवाः समुदायले भाषिक अधिकार प्राप्त गरेकोमा सहभागिहरुले दीप प्रज्वलनसहित बौद्धनाथ स्तुपको परिक्रमा गरी खुसीयाली मनाएका हुन् ।

स्तुप परिक्रमा पछि आयोजित कोणसभामा कार्यक्रमका संयोजक जापानका लागि पूर्व राजदूत डा। गणेश योन्जन तामाङले भाषिक आन्दोलनको विगत स्मरण गर्दै बाग्मती प्रदेशमा तामाङ र नेवाः भाषाले सरकारी कामकाजको भाषाको मान्यता पाउनु ऐतिहासिक उप्लब्धि भएको बताए । ‘अग्रज नेता स्व। पद्मरत्न तुलाधरको नेतृत्वमा यहाँका आदिवासी भूमिपुत्र नेवाः र तामाङहरुले आफ्ना भाषिक आधिकारका लागि लामो लड्ईँ लडे, टाउका फुटाए, जेल नेल खेपे । धेरै संघर्ष गरे । आज ‘बाग्मती प्रदेश भाषा विधेयक २०८०’ पास भएको छ । यो अत्यान्तै खुसीको कुरा हो । यो ऐतिहासिक उपलब्धि हो ।’ डा। योन्जन तामाङले थपे, ‘यो खुसीको क्षणमा प्रदेशसभाका सभासद् र प्रदेश सरकारलाई धन्यवाद व्यक्त गर्ने शब्द नै छैन ।’

उनले समानता र सामाजिक न्यायका अधिकारहरु प्रदेश सरकार र संघीय सरकारले क्रमशः सम्बोधन गर्दै जाओस् भनि आग्रह गर्दै भविश्यमा आदिवासी जानजतिहरुले भाषा तथा थप सामाजिक न्यायका लागि आन्दोलन र संघर्ष गर्न नपरोस भनि कामना समेत दिए ।

त्यसै गरी भाषाशास्त्री एवं भाषा आयोगका सदस्य अमृत योन्जन–तामाङले नेपाल अब बहुभाषिक मुलुक भएको बताए । उनले भने, ‘नेपाल अब बहुभाषिक मुलुक भएको छ । बहुभाषामा नै सरकारी कामकाज गर्न सक्ने भएको छ ।’

बाग्मती प्रदेशसभाले असोज २२ गते ‘प्रदेश भाषा विधेयक’ एकमतले पास गरेसँगै तामाङ र नेवाः भाषाले बाग्मती प्रदेशमा सरकारी कामकाजको भाषाको मान्यता पाएको हो । नेवाः समुदायले विभिन्न स्थानहरुमा दिपावली गरी बाग्मती प्रदेश सरकार र प्रदेशसभाका सदस्यहरुलाई धन्यवाद ज्ञानपन गर्दै आइरहेको छ । तामाङ समुदायको पहलमा भने यो पहिलो कार्यक्रम आयोजना गरेको हो ।

स्तुप परिसरमा आयोजित कार्यक्रममा श्री बौद्ध तामाङ कल्याण गुठी, छोरङान महिला समाज, कपाली लो गुठी, बौद्ध एकल महिला समूह, तिल्पुङ–काठमाडौं तामाङ समाज, तिल्पुङ तामाङ गुठी, ताम्बा संघ नेपाल, एससीआरसी, नेपाल तामाङ घेदुङ, नेपाल तामाङ ताम्बा घेदुङ, तामाङ डाजाङ, दाङ्बोला ग्युइठिम तामाङ संघ, रामेछाप लहरेमाने तामाङ सेवा समाज, तामाङ राष्ट्रिय पुस्तकालय, नेपाल तामाङ मौलिक हवाइला न्हान, एमएलइनेपाल डट कम, सैलुङअनलाइन डट कमलगायत तामाङ संघसंस्थाहरुको सहभागिता थियो भने नेवारी संस्थाहरुमा दे भ्वय गुठी, खास्ती नेवाः पुचः र नेवाः देय दबू, बौद्धको सहभागिता रहेको थियो ।

  • Dhankutapress

थप