Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरको कारण ४ जना महिलाको मृत्यु

  •   २ वर्ष अघि | १९ माघ २०८१, शनिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटामा करिब ६ हजार किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एच.पि.भी. खोप लगाईने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले शुक्रवार आयोजना गरेको जिल्ला खोप समन्वय समिति, संचारकर्मीहरु र सरोकारवालाहरुको लागि अभिमुखीकरण गोष्ठिमा यस्तो जानकारी दिइएको हो । राष्ट्रिय खोप कार्यक्रम एच.पि.भी. खोप अभियान–०८१ को बारेमा स्वास्थ्य कार्यालय धनकुटाले यसरी जानकारी गराएको हो । 

स्वास्थ्य कार्यालय धनकुटाकी स्वास्थ्य अधिकृत प्रतिमा खोयाहाङ्गले दिएको जानकारी अनुसार धनकुटामा आगामी माघ २२ गते देखि २७ गतेसम्म जिल्लाको सातै पालिकामा रहेको विद्यालयहरुमा संचालन हुनेछ । कक्षा–६ देखि १० कक्षासम्म अध्ययनरत १० देखी १४ वर्ष उमेरका छात्राहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एच.पि.भी. खोप लगाईनेछ । पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको तिन प्रकारको खोप मध्ये पहिलो पटक नेपालमा दिन लागिएको खोप भने सिकोलिन रहेको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । 

सो अवसरमा रोगको परिचय र अवस्था, रोग सर्ने माध्यम, लक्षण तथा चिन्हहरु, भाईरसका प्रजातिहरुको बारेमा सहभागिहरुलाई जानकारी दिइएको थियो । स्वास्थ्य अधिकृत खोयाहाङ्गका अनुसार पाठेघरको मुखमा २० वर्षसम्म संक्रमण भईरह्यो भने पाठेघरको मुखमा क्यान्सर हुन सक्ने बताईन । संसारमा ५ लाख, ७० हजार महिलाहरुको पाठेघरको मुखमा क्यान्सरको संक्रमण भएको पुष्टि भएको बताइएको छ । 

हरेक वर्ष विश्वमा ३ लाख, ११ हजार महिलाको पाठेघरको मुखमा क्यान्सर भएको कारण मृत्यु हुने गरेको छ । त्यसैगरी नेपालमा हरेक वर्ष २ हजार, १ सय, ६९ जना महिलामा पाठेघरको क्यान्सर हुने गरेको छ भने हरेक दिन ४ जनाको मृत्यु हुने गरेको तथ्याङ्गक छ । नेपालमा पहिलो पटक आ.व.०७६/०७७ देखि, दोश्रो पटक आ.व. ०७९/०८० मा र तेश्रो पटक आ.व. ०८१/०८२ मा पनि महिलाको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप अभियान संचालन गरिएको बताइएको छ । यो खोप हरेक महिलालाई खोपको मात्रा १ डोज लगाए पुग्छ । सो अवसरमा पोखरा विश्वविद्यलायका स्कुल अफ हेल्थ एण्ड एलाईड साइन्सेजमा अध्ययनरत छात्रछात्राहरले पनि वृहत जिल्ला स्वास्थ्य व्यवस्थापनका सन्दर्भमा उदेश्य प्रश्तुती तथा परिचायात्मक कार्यक्रम प्रश्तुत् गरेका थिए । 

महिला स्वास्थ्य स्वयमसेविकालाई नगद पुरस्कार सहित सम्मान तथा विदाई :

सो अवसरमा जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जिल्लाको उत्कृष्ठ कार्य गर्ने तिन जना महिला स्वास्थ्य स्वयसेविकाहलाई नगद सहित प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ । सम्मानति एवं पुरस्कृत हुने महिला स्वास्थ्य स्वयमसेविकाहरुमा धनकुटा नगरपालिका वडा नं.१ की इन्दिरा घिमिरे, छथरजोरपाटी वडा नं.६ की पासाङ्ग दिकि शेर्पा र सहिदभूमि गाउँपालिकाकी थामकुमारी राई रहेकी छन् । उनीहरुलाई जनही नगद १२ हजारको दरले पुरस्कृत गरिएको थियो ।

त्यसैगरी सो अवसरमा उमेरका हद पुगेका धनकुटा जिल्लाका तिन जना महिला स्वास्थ्य स्वयमसेवकाहरुलाई नगद सहित दोसल्ला र प्रमाणपत्रले स–सम्मान गर्दे विदाई गरिएको छ । यसरी विदाई हुनेहरुमा महालक्ष्मी नगरपालिका वडा नं.६ का हिरादेवी पराजुली, धनकुटा नगरपालिका वडा नं.६ की खिना देवी दाहाल र मृत्यु पर्यन्त धनकुटा–४ की अम्बिका राईलाई नगद सहित, दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । 

जिल्ला समन्वय समिति धनकुटाका प्रमुख एवं खोप समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङको अध्यक्षतामा सम्पन्न अभिमुखिकरण गोष्ठिमा जिल्ला समन्वय उप–प्रमुख सावित्रा राई, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख मोहन राई र गैसस महासंघ धनकुटाका अध्यक्ष मीन सुवेदीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 


  • dhankutapress

थप