Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सिधुवा बजारमा भएको आगलागीमा २ करोड, ४६ लाख बराबको क्षति

प्रहरीको प्रारम्भिक प्रतिवेदनमा ४९ लाख क्षति

  •   ४ वर्ष अघि | ३० पुस २०७९, शनिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ सिधुवा बजारमा भएको आगलागीबाट ४९ लाख बराबरको क्षति जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । तर, छथरजोरपाटी गाउँपालिकाले भने २ करोड, ४६ लाख, ४० हजार वरावरको क्षति भएको जनाएको छ । शुक्रबार साँझ करीब ७ः३० बाट सुरुभएको आगलागीबाट ५ वटा घर जलेर नस्ट भएका छन् ।

आगलागीबाट सन्तबहादुर (सन्तोष) राईको घरमा रहेको फ्रेस हाउसबाट सल्किएको आगोले काठ र टिनका पाताले बनेको २ तले घर पुर्ण रुपमा जली नष्ट भएको थियो । आगलागीबाट राईको २ तोला सुन, नगद २ लाख, २० वटा कुखुरा जल्दा अन्दाजी ३७ लाख बराबरको क्षति भएको छ । 

त्यस्तै गरी सोही स्थानका डिकबहादुर खडका र होम बहादुर थापाको संयुक्त रुपमा रहेको २ तले पक्की घर पनि जलेको छ । अगालागीबाट थापा र खड्काको करीब ५ लाख पचास हजार बराबरको क्षति भएको छ । अर्का झमक वहादुर थापाको २ तले पकी घर आंशिक क्षती भएको छ । उनको ७० हजार नगद ५ थान खाट, २ तोला सुन र लताकपडा जली नष्ट हुँदा अन्दाजी ५ लाख बराबरको क्षति भएको छ ।

त्यस्तै अर्जुन घिमिरेको २ तले पकी घरको माथिल्लो तला आंशिक क्षति भई लजको २ कोठाको ट्रस, लताकपडा गरी अन्दाजी १ लाख बराबरको क्षति भएको छ । अर्का डम्बर थापाको अन्दाजी ५० हजार बराबरको काठ जली क्षति भएको छ । ७ः३० वजेबाट सुरु भएको आगलागी करीब डेढ घण्टा पछि नियन्त्रण्मा आएको थियो । 

आगलागीबाट सवै घरमा गरी करीब ४९ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रवक्ता डिएस्पी नरेन्द्र कुवँरले जानकारी दिएको छ । यता छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले भने आगलागीबाट २ करोड, ४६ लाख, ४० हजार वरावराको क्षति भएको बताएका छन् । 

आगलागी नियन्त्रणका लागी धनकुटा नगरपालिकाको दमकल, तेह्रथुमको लालीगुरास नगरपालिकाको दमकल, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी स्थानियले डेढ घण्टा पछि आगो नियन्त्रणमा लिएका थिए । 

पिडित परिवारलाई राहात वितरण :

छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा पिडित परिवारलाई राहात वितरण गर्दै ।

यसै विच छथरजोरपाटी गाउँपालिकाले अग्नी पिडित ७ परिवारलाई सनिवार विहानै राहात वितरण गरेको छ । पालिकाले प्रति परिवार नगद १५ हजार, दालचामल, भाँडावर्तन, लत्ताकपडा, ग्याँस चुला, त्रिपाल प्रदान गरेको अध्यक्ष छत्र सुब्बाले वताए । त्यसैगरी जिल्ला प्रशासन कार्यालय धनकुटाले सन्तवहादुर राई, झमक वहादुर थापाको परिवारलाई २०/२० हजार र होम वहादुर थापाको परिवारलाई १५ हजार नगद प्रदान गरेको अध्यक्ष सुव्वाले बताए । त्यसैगरी जिल्ला रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाले पिडित परिवारलाई त्रिपाल, भाँडावर्तन, लत्ताकपडा राहात उपलव्ध गराएको छ । 

सिधुवा वजार आगलागी पिडितलाई जिल्ला रेडक्रस सोसाइटी धनकुटा मार्फत छथरजोरपाटी गाउँपालिकाका निवर्तमान अध्यक्ष शेर वहादुर लिम्वु राहात वितरण गर्दै । 

आगलागीमा परि सन्तवहादुर राई, झमक वहादुर थापा, ललिता राई र होम वहादुर थापाको केहि पनि नवचेको त्रिपाल नै टाँगेर वस्नु पर्ने अवस्था सृजना भएको छ । यता सिधुवा वजार व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी सिधुवा उप–शाखा, उधोग वाणिज्य संघ छथरजोरपाटी र परोपकार युवा समुह छथरजोरपाटीले पिडित परिवारलाई राहात संकलन कार्यको थालनी गरेको छ ।   


  • Dhankutapress

थप