धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/धनशोभा राई स्मृति सेवा केन्द्र धनकुटाले नवौं स्थापना दिवशको अवसर पारेर धनकुटा नगरपालिका क्षेत्रका विभिन्न वडाका २७ जना अशहाय एवं विपन्न परिवारका सदस्यलाई विहिवार राहात वितरण गरेको छ ।
माता तिर्थ औसी आमाको मुख हेर्ने दिनको अवसरमा पारेर सेवा केन्द्रले राहात तथा छात्रावृद्धि वितरण कार्यक्रमको आयोजना गरेको हो ।
धनकुटा नगरपालिकाको प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न राहात तथा छात्रावृद्धि वितरण कार्यक्रममा धनकुटा नगरपालिका वडा नं.३,४,६,७, र ८ का विपन्न एवं असाशय परिवारलाई धनशोभा राई स्मृति सेवा केन्द्रले राहात वितरण गरेको हो । विपन्न परिवारलाई सेवा केन्द्रको तर्फबाट संस्थाको स्थापना काल देखी नै हरेक वर्ष २५ केजी वरावरको १ वोरा चामल, १ लिटर खाने तेल, १ केजी नुन्, १ केजी दाल, १ लिटर जुस, १ लिटर पानी समेत प्रदान गर्दै आएको छ ।
राहात पाउनेहरुमा धनकुटा नगरपालिका वडा नं.३ का वर्ष ४५ का सीता वस्याल, धनपा–४ का वर्ष ६३ का करी माया वि.क., वर्ष ५४ का चन्द्र कुमारी वि.क., धनपा–६ का वर्ष ६४ का रतनश्वरी राई, वर्ष–७३ का होमवहादुर राई, वर्ष–७४ का वीर वहादुर राई रहेका छन् । त्यसैगरी वडा नं.७ का वर्ष ७३ का मान वहादुर लावती, वर्ष ७२ का कृष्णमाया राई रहेका छन् । त्यसैगरी वडा नं.८ का वर्ष ६४ का कुम्भरानी राई, वर्ष ६० का कर्मश्वरी राई, वर्ष ६७ का असार वहादुर राई, वर्ष ५० का इन्द्र कुमारी राई, वर्ष ५० का पेचु राई रहेका छन् ।
त्यसैगरी वडा नं.८ का वर्ष ७० का भिममाया राई, वर्ष ६८ का हरि वहादुर राई, वर्ष ७० का जसमाया राई, वर्ष ६५ जय वहादुर राई, वर्ष ६८ का चुर्सी माया राई, वर्ष ८० का सीममाया राइ, वर्ष ७० का कुम वहादुर राई, वर्ष ६५ का हरिमाया राई, वर्ष ६७ का शुकमाया राई, वर्ष ८२ का जति वहादुर राई, वर्ष ६७ का वीर वहादुर राईले राहात पाएका हुन् ।
धनशोभा राई स्मृति सेवा केन्द्रका संरक्षक प्रकास राईले नगर क्षेत्रका गरिव तथा विपन्न वर्ग, असहाय परिवारको पहिचान गरि हरेक वर्ष धनकुटा नगरपालिकाका सवै वडामा राहात वितरण कार्यक्रम संचालन गर्दै आएको वताएका छन् । उनले वि.सं.१९६० सालमा खोटाङ जिल्लाको फाक्टाङ्ग–१ निवासी धनशोभा राईको वि.सं.२०४० सालमा स्वर्गारोहण भएका थिए । उनै धनशोभा राईको सम्झना विराटनगर निवासी आफ्ना छोरीहरु मनसरा चौधरी, यशोदा राई र इन्दिरा राईले ९ वर्ष अघि ७ लाख, ३ हजार वरावराको स्मृति कोष स्थापना गरेका थिए । सोहीबाट प्राप्त हुने मुनाफाबाट हरेक वर्ष राहात एवं छात्रावृत्ति वितरण कार्यक्रम संचालन हुँदै आएको छ ।
त्यसैगरी नगर क्षेत्रका तिन वटा सामुदायिक विद्यालयमा अध्ययनरत ४ जना विद्यार्थिहरुलाई छात्रावृद्धि समेत वितरण गरिएको छ । छात्रावृद्धि पाउनेहरुमा गोकुण्डेश्वर माध्यामिक विद्यालय धनकुटा–६ का कक्षा–१० का प्रथम छात्रा सन्ध्या खत्री, गोकुण्डेश्वर वालन्दिर माध्यामिक विद्यालयका कक्षा १० का प्रथम छात्रा मन्जिला ओझा, त्रिवेणी माविका साधरण धारतर्फका कक्षा–१० प्रथम छात्रा सन्जिता राई र प्राविधिक धारतर्फका कक्षा १० का प्रथम प्रज्वल श्रेष्ठलाई जनही १५ सयको दरले नगद पुरस्कार प्रदान गरिएको छ ।
धनशोभा राई स्मृति केन्द्रका संरक्षक सदस्य प्रकास प्रसाद राईको अध्यक्षतमा सम्पन्न राहात वितरण कार्यक्रममा नगर प्रमुख चिन्तन तामाङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ १ नम्वर प्रदेशका अध्यक्ष सन्तवीर लामा, पत्रकार महासंघ धनकुटाका सल्लाहकार रमेशचन्द्र अधिकारी, त्रिवेणी माविका प्रधानाध्यापक दिपक पोखरेल,स्थानीय शिक्षक यम वहादुर वस्नेत लगायतले राहात वितरण गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

- Dhnakutapress