धनकुटा प्रेस सम्वाददाता
सिधुवा/रेडियो भेडेटार ८८.१ र ९१ मेगाहर्ज धनकुटाको आयोजना तथा छथरजोरपाटी गाउँपालिकाको सहयोगमा शुक्रबारबाट सुरु भएको ४ दिने पत्रकारिता तथा मल्टिमिडिया तालिम सोमबार सम्पन्न भएको छ ।
शुक्रबारबाट सुरु भएको तालिममा संचारमाध्यममा उत्पादन गरिने कार्यक्रम, समाचार लेखन, वाचन , समाचार सम्पादन, रिपोटिङ्ग, टेलिभिजनकाका लागि छायाँकन, भिडियो सम्पादन लगायतका बिषयमा तालिम प्रदान गरिएको आयोजक संस्था रेडियो भेडेटारका स्टेशन मेनेजर पूर्णकुमार चौधरीले जानकारी दिए।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथी छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुव्बाले अहिलेको २१ औं शताब्दिमा संचारमाध्य भूमीका विश्व परिवेशमा नै रहेकोले त्यस बारे जानकारी राख्नु र सिक्नु निकै महत्व पूर्ण बिषय भएको बताए। साथै उनले समाज रुपान्तरणको महत्वपूर्ण पक्ष पत्रकारीता रहेको बताउँदै तालिममा सहभागीहरुले सिकेका कुरा लाई व्यावहारमा समेत लागु गर्नु पर्नेमा जोड दिए।
पत्रकारीताले समाजलाई सत्य तथ्य बुझाउने काम गर्नु पर्ने र पत्रकारीतामा पनि समय अनुसारको प्रविधीको अपडेट हुदै जानु पर्ने भएकोले तालिममा सहभागिहरुले त्यो अवसर पाएको सुव्वाले दावी गरे। कार्यक्रमा बोल्दै प्रमुख प्रशिक्षक एवम् नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले पत्रकारीतामा पछिल्लो समय चुनौतीसंगै अवसर पनि रहेकोले तालिममा सहभागीहरुले अवसर लाई सदुपयोग गर्दै जानु पर्ने बताए।
त्यस्तै कार्यक्रमा बोल्दै कार्यक्रमका सभापती एवम् रेडियो भेडेटार ८८.१ र ९१ मेगाहर्ज संचालक समितिका उपाध्यक्ष विकास घिमिरेले जो संग सुचना छ त्यो नै विश्वमा शतिm शालि बन्दै गएकोले सुचनामा सबैको पहुँच हुनु पर्ने र त्यो पत्रकारीताको माध्यम बाट मात्र सम्भव रहेको बताए।
कार्यक्रममा प्रशिक्षकहरु विनोद घिमिरे, नेपाल पत्रकार महासंघ धनकुटा उपाध्यक्ष एवम् प्रशिक्षक विदुर खवास, नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक सभापती संजयसन्तोषी राई, फोनिज प्रदेश १ का अध्यक्ष सन्तबीर लामा, पत्रकार महासंघ धनकुटाका सहसचिव इश्वर थापा, फोटो पत्रकार महासंघ धनकुटाका अध्यक्ष कविराज घिमिरे, पत्रकार कुमार बस्ने, आकृती राई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमा स्वागत मन्तव्य रेडियो भेडेटार ८८.१ र ९१ मेगाहर्जका स्टेशन प्रमुख पूर्णकुमार चौधरीले राखेका थिए भने कार्यक्रमको संचालन रेडियो भेडेटार ८८.१ र ९१ मेगाहर्जका समाचार सह–सम्पादक विकास घिमिरेले गरेका थिए ।
- Dhankutapress