Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

चालकको लापार्वाहीले बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

बस छुटेको ३० मिनेटमै दुर्घटना

  •   ५ वर्ष अघि | २७ फाल्गुन २०७८, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता

संखुवासभा/झापाको दमकका लागि छुटेको यात्रुवाहक बस सङ्खुवासभाको मादी नगरपालिका–६ ओखरभोटेबाट छुटेको ३० मिनेट नबित्दै दुर्घटना हुन पुग्यो ।

मादी–६ पुलुङस्थित सातघुम्तीमा यात्रुवाहक बस दुर्घटनामा परेका घाइते सुवास तामाङका अनुसार बस छुटेको तीस मिनेटमै दुर्घटनामा परेको बताए । त्यसभन्दा अगि नै प्राविधिक समस्या आएको सङ्केत पाएका थिए ।

बुकिङ काउन्टरका कर्मचारीसमेत रहेका तामाङले चालकलाई सोधेका थिए, ‘दाइ, गाडीमा समस्या भएको हो र ? चालकले गाडीमा प्राविधिक समस्या भएको जनाउ दिँदै हाम्फाल्न निर्देश पनि गरेका थिए । ओखरभोटेबाट ६ बजे बस छुटेको थियो । पहिलो घुम्ती पार नगर्दै एक्कासि गाडी अनियन्त्रित भएजस्तो लागेपछि उनले चालकलाई सोधेको उनी बताउँछन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा उपचाररत तामाङ दैनिक ओखरभोटेदेखि पिलुवाखोलासम्म आउने–जाने गर्दथे । ब्रेक र स्टेयरिङ फेल भएका कारण दुर्घटना भएको उनले बताए ।

दुर्घटनामा चालकको पनि मृत्यु भयो । दुर्घटना हुनुपूर्व नै अनियन्त्रित भएपछि अन्य घुम्तीहरू पार नगर्दै उनलाई हाम्फाल्नका लागि चालकले अनुरोध गरेका थिए । तामाङ भन्छन्, ‘चालकले भाइ हाम्फाल भने । म पछाडि भएकाले हाम्फाल्न सकिनँ ।’

त्यसपछि गाडी सडकबाहिर गएको उनले बताए । ३ बल्ड्याङ अर्थात् १ सय मिटर तल पुगेपछि बस रुखमा अड्कियो । त्यहीबेला तामाङले हाम्फालेर बाँच्न सफल भएको बताए । उनले भने, ‘चालक पनि हाम्फालेका थिए । चालक विपिन निरौला हाम्फालेतिरै बस पल्टिएछ । उहाँको मृत्यु भएछ ।’

उनका अनुसार बस रुखलगायतमा ठोक्किएर टुक्राटुक्रा हुँदै झरेको थियो । प्रतिष्ठानमै उपचाररत अर्का घाइते डम्बरबहादुर कार्की वसन्तपुरसम्मको यात्रामा थिए । उनले बस चढेको करिब ५ मिनेटमा नै बस दुर्घटनामा परेको बताए ।

उनका अनुसार बस दुर्घटना हुनुभन्दा केही अघि बसमा ठूलो आवाजमा आएको थियो । आवाज आएपछि गाडीमा समस्या आएको थाहा भयो । उनले आफूले चालकलाई गाडी रोक्न भनेको तर, गाडी नरोकिएको बताए । उनले भने, ‘गाडी रोक्न भनेर हल्ला पनि गरेँ । गाडीमा ब्रेक नै लागेन ।’

उनका अनुसार गाडी अनियन्त्रित समेत  भएको थियो । उनले भने, ‘स्टेयरिङ नकाटिएको कारणले दुर्घटना भयो ।’ उनले बस रुखमा ठोक्किएर टुक्राटुक्रा भएको बताए । ‘सखुवाको रुख भाँचियो’–उनले भने । कार्कीका अनुसार बस विभिन्न स्थानमा ठोक्किँदै झरेको थियो ।

  • dhankutapress

थप