पञ्चमाया तामाङ
धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटाका निर्माण व्यवसायीहरुको व्यवसायिक दक्षता अभिवृद्धि गराउने उदेश्यले आयोजना गरिएको दुई तालिम सोमवार सम्पन्न भएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघ कोशी प्रदेश समितिका अध्यक्ष जनसेवक भण्डारीको प्रमुख आतिथ्यमा दुई दिने निर्माण व्यवसायीहरुको व्यक्तिगत क्षमता विकास तथा दक्षता अभिवृद्धि गराउने उदेश्यले आयोजना गरिएको तालिम सम्पन्न भएको हो । तालिम समापन कायृक्रमलाई सम्वोधन गर्दै कोशी प्रदेश अध्यक्ष भण्डारीले भने–‘दुई दिने तालिमले धनकुटाका निर्माण व्यवसायीहरुलाई निर्माण व्यवसायको क्षेत्रमा काम गर्दा ठेक्का प्रक्रियामा आवश्यक पर्ने सिप प्राप्त भएको छ ।’
तालिममा सिकेको ज्ञान सिपलाई व्यवहारमा उपयोग गर्न अध्यक्ष भण्डारीले सम्पूर्ण धनकुटेली निर्माण व्यवसायीहरुलाई आग्रह गरे । उनले भने–‘हामी निर्माण व्यवासयीहरु वर्षौं देखि ठेक्का प्रक्रिया मार्फत ठूला तथा साना योजनाहरुको काम जान÷अन्जानमा गरिरहेका छौ, अबको दिनमा यस्ता तालिमले सुध्रिने मौका मिल्नेछ ।’ आगामी दिनमा पनि निर्माण व्यवसायीहरुलाई व्यवसायिक दक्षता अभिवृद्धिको लागि तालिमहरु आयोजना गर्ने अध्यक्ष भण्डारीले प्रतिवद्धता जनाएका छन् ।
उनले कोशी प्रदेसमा रहेका ठूला तथा साना निर्माण व्यवसायीहरुको समश्या तथा चुनौतिहरुलाई कसरी समाधन गर्ने भन्ने तर्फ आफ्नो ध्यान केद्रित रहेको स्पष्ट पारेका छन् । उनले कोशी प्रदेसमा निर्माण व्यवसायीहरुलाई मुख्य गरेर कर, सवारी कर, कवाडी कर, खोला कर, वेलावेला हुने कर समायोजन आदि इत्यादिले समश्या भैरहेको औल्याएका थिए ।
तालिमको सहजिकरण इन्जिनियर केशव आचार्यले गरेका थिए । तालिममा सार्बजानिक खरिद ऐन, निर्माण क्षेत्रमा बिमाको महत्व, ठेक्कामा विओक्यू एनालाइसेस कसरी गर्ने, टेण्डर प्याकेजिङ्ग शिस्टम, १० प्रतिसत कोष निर्माण किन ?, उपभोक्ता तथा कोटेशन, अडिट् र मलेप आदिको बारेमा तालिम दिइएको थियो ।
नेपाल निर्माण व्यवसायी संघ धनकुटाका अध्यक्ष प्रकास थुलुङ्गको अध्यक्षतामा सम्पन्न दुई दिने तालिममा सभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । सो अवसरमा सहभागीहरुलाई प्रमुख अतिथि कोशी प्रदेसका अध्यक्ष जनसेवक भण्डारी, पूर्व केन्द्रिय सदस्य यज्ञ प्रसाद खतिवडा, प्रशिक्षक केशव आचार्य, जिल्ला अध्यक्ष प्रकाश थुलुङ, उपाध्यक्ष यज्ञ राई लगायतले प्रमाणपत्र वितरण गरेका थिए । धनकुटा शाखाको तर्फबाट प्रमुख अतिथि, प्रशिक्षक, पूर्व केन्द्रिय सदस्य, अग्रज एवं सल्लाहकारहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । तालिमको सहजिकरण इन्जिनियर केशव आचार्यले गरिरहेका छन् ।
तालिममा निर्माण व्यवसायी संघ धनकुटामा आवद्ध ६० जना भन्दा वढी निर्माण व्यवसायीहरुले भाग लिएका थिए । निर्माण व्यवसायी संघ धनकुटामा १ सय २० को हाराहरीमा निर्माण व्यवसायीहरु आवद्ध रहेका छन् । संघका सचिव चन्द्रसिं नेम्वाङ्गले समापन कार्यक्रम संचालन गरेका थिए । 
- dhankutapress