Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

जनता मावि जितपुरको बस दुर्घटना

  •   २ वर्ष अघि | ८ साउन २०८१, मङ्लबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटाको महालक्ष्मी नगरपािलका वडा नं.७ स्थित् जनता मावि जितपुरको विद्यार्थि पु¥याएर फर्किदै गरेको बस मंगवलार अपरान्ह ५.३० दुर्घटना भएको छ । को १ ग १६२ नम्वरको विद्यार्थि बोक्ने बस पुनःविद्यार्थि गन्तव्यसम्म पु¥याएर फर्कने क्रममा दुर्घटना भएको हो ।

जनता मावि जितपुर बजारबाट महालक्ष्मी नगरपालिका वडा नंं.६स्थित् नागेश्वर शिवालाय मन्दिरसम्म विद्यार्थि पु¥याएर फर्कने क्रममा वडा नं.७ मा बस दुर्घटना भएको विद्यालयका प्रधानाध्यापक नगेन्द्र भट्टराईले बताए । उनले विद्यालयका बालबालिकाहरु घर पु¥याएर फर्कने क्रममा बस दुर्घटना भएको बताए । दुर्घटनाको कारण कुनै पनि मानबीय क्षति नभएको बताइएको छ । 

उनले बसका चालक दिपक सुवेदी र सह–चालक पदमराज खेवा सकुशल रहेको बताए । बस मोटरवाटोबाट करिव ५०–६० मिटर तल झरेको छ । दुर्घटना के कारणले भयो भन्ने नखुले पनि बसको अगाडीको पत्ति भाँचिएर अनियन्त्रित् भएर पल्टिएको प्रारम्भिक अनुमान गरिएको छ । महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुर्व रायले विद्यालयको वस दुर्घटना भएको आफूले पनि थाहा पाएको बताए । उनले भने–विद्यालयको वस दुर्घटना हुँदा मानविय क्षति भएन, त्यहि नै ठूलो कुरा हो ।’ उनले दुर्घटना ग्रस्त बसको उद्धार वुधवार विहान गरिने बताए ।  

  • dhankutapress

थप