धनकुटा प्रेस सम्वाददाता
तुम्लिङ्गटार, संखुवासभा/खाँदबारी नगरपालिका वडा नं.९ तुम्लिङटारबाट धनकुटाको हिलेतर्फ आउँदै गरेको बोलेरो जिप सोमवार अपरान्ह अरुण नदीमा खसेर बेपत्ता भएको छ ।
घटनास्थलबाट जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता एवं डीएसपी दक्षकुमार बस्नेतले बताए अनुसार बोलेरो जीप तुम्लिङ्गटारबाट धनकुटाको हिले तर्फ जाँदै थियो । उनका अनुसार अपरान्ह पौने ३ बजे धर्मदेवी नगरपालिका–८ सुर्तिबारीमा बाटोमा हिडिरहेको पैदलयात्रीलाई ठक्कर दिएपछि बोलेरो जिप अनियन्त्रित भएको थियो ।
अनियन्त्रित् वोलेरो जिप एक्कासी अरुण नदीमा खसेर वेपत्ता भएको हो । बोलेरो जिपमा सवार तीन जनाको उद्धार गरि उपचारका लागि खाँदबारि पठाईएको बस्नेतले जनाए । बोलेरो जिपमा कति जना सवार थिए एक्किन नभएको र अन्यको खोजतलास भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयमा अनुशनधान भैरहेको प्रहरीले जनाएको छ ।
- dhankutapress