Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

संस्थापक अध्यक्ष विवादले ‘अग्र अनुहार’ विमोचन कार्यक्रम विथोलियो

कार्यक्रम स्थल मै पुस्तक च्यातियो

  •   ३ वर्ष अघि | १ फाल्गुन २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खवसर सम्वाददाता 

काठमाडौ/संस्थापक अध्यक्षको विवादले नेपाल पत्रकार महासंघको ‘अग्र अनुहार’ पुस्तक विमोचन समारोह विथोलिएको छ।  आइतबार महासंघको प्रदेश प्रतिष्ठान समितिले ‘अग्र अनुहार’ पुस्तकको विमोचन समारोहको आयोजना गरेको थियो ।

तर, उक्त पुस्तकमा पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नलेखेर कृष्णप्रसाद भट्टराई नै उल्लेख गरी इतिहास बंग्याउन खोजेको भन्दै आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिले विरोध जनाएको हो । फोनिज आबद्ध पत्रकाररूले विमोचन समारोह बिथोल्नुका साथै पुस्तकसमेत च्यात्च्यूत पारिदिएका छन् ।

नेपाल पत्रकार महासंघले वि.सं. २०१२ सालमा नेपाल पत्रकार संघका अध्यक्ष बनेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ । तर, त्यसअघि २००८ सालमै सत्यनारायण बहादुर श्रेष्ठ अध्यक्ष भएको पुष्टि भइसक्दा पनि भट्टराईलाई नै संस्थापक अध्यक्ष मानिएपछि आफूहरूले विरोध जनाएको आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव मिलन लिम्बूले जानकारी दिए ।

उनका अनुसार श्रेष्ठको नेतृत्वमा ९ वैशाख वि.सं. २००८ मा नेपाल पत्रकार संघ गठन भएको थियो । महासंघले इतिहास सच्याउन र संस्थापक अध्यक्ष टुंगो नलागेसम्म कुनै गतिविधि नगर्न यसअघि पनि पटक–पटक ध्यानाकर्षण गराएको लिम्बूले बताए । गलत तथ्यलाई स्थापित गर्ने गलत मनसायका साथ पुस्तक प्रकाशन भएको भन्दै विमोचन रोक्न महासचिव लिम्बूले शनिबार नै प्रेस विज्ञप्ति जारी गरेका थिए ।

  • Dhankutapress

थप