धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/जिल्ला प्रहरी कार्यालय र सससत्र प्रहरी बल नेपाल नं.६ गुल्म धनकुटाको संयुक्त आयोजनामा सोमवार भिड नियन्त्रण सम्वन्धी कृतिम अभ्यास गरिएको छ ।
नागरिकहरुले निकट भविशयमा गर्न सक्ने भिडभाड र आन्दोलनलाई ध्यानमा राखेर नेपाल प्रहरी र सशस्त्र प्रहरी मिलेर संयुक्त अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख उपरिक्षक श्यामसिं थारुले जानकारी दिए । आन्दोलनको बेला हुल्दुङ्गा नियनत्रणमा लिँदा भरिसके जनधनको क्षति हुन नदिने र भैहालेमा कसरी कम गर्ने भनेर अभ्यास गरिएको प्रहरी प्रमुख थारुले बताए ।
देशमा कुनै पनि प्रकारको आन्दोलन हुनु आफैमा राम्रै हैन भन्दै प्रहरी प्रमुख थारुले भने–‘भैहालेमा कम क्षतिमा कसरी भिड नियन्त्रणमा लिने भने विषयलाई मध्यनजर गरेर जनपथ र सशस्त्र प्रहरी विच अभ्यास गराइएको हो ।’ ‘यस्ले सकरात्मक भूमिका खेल्छ भन्ने आफूलाई विश्वास लागेको छ’–उनले भने ।
धनकुटा नगरपालिकाको तल्लो टुडिखेलमा आयोजना गरिएको भिड नियन्त्रण गर्दा शुरुमा सम्झाउने, वार्तामा राख्ने, वार्तामा भरीसके मिलाउने प्रयास गर्ने, नमिलेमा हुन सक्ने अवाञ्छित् गतिविधिलाई कसरी नियन्त्रण्मा लिने भन्नेमा भीड केन्द्रित थियो । एकाविहानै आयोजना गरिएको अभ्यास अवलोकन गर्न जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेल, नेपाली सेनाको धनकुटा स्थित् भीमदल गणका गाणपति प्रमुख सेनानी गणेश थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक श्यामसिं थारु, सशस्त्र प्रहरी बल नेपाल छिन्ताङ्ग ६ नं.गुल्मपति मदननाथ, राष्ट्रिय अनुशन्धान धनकुटाका प्रमुख रुद्र गुर्वाछाने मगर लगायतको उपस्थिति रहेको थियो ।
- dhankutapress