Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता

  •   ९ महिना अघि | २२ कार्तिक २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

काठमाण्डौं/सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसंग जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिष्ट पार्टीका सचिव माननीय वाङ जुनझेङको नेतृत्वमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बुधबार शिष्टाचार भेटवार्ता गरेको छ । 

भेटवार्तामा नेपाल र चीनबीचको सुमधुर सम्बन्धका विविध आयामहरुबारे छलफल भयो । भेटवार्ताका क्रममा उपराष्ट्रपति यादवले जुनझेङ र चिनियाँ प्रतिनिधिमण्डललाई आफ्नो कार्यालयमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए । ‘गत अगष्टमा नेपाललाई ‘थिम कन्ट्री’ निर्धारण गरिएको ७ औं चीन–दक्षिण एसिया प्रदर्शनी र २७ औं चीन कुन्मिङ आयात–निर्यात मेलामा सहभागी हुन चीन भ्रमणमा गएको सम्झदा खुशी लाग्दछ’ उनले भने, ‘चिनियाँ परराष्ट्र मन्त्री एवम् चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिका राजनीतिक ब्युरोका सदस्य महामहिम वाङ यी तथा युन्नान प्रान्तका अन्य नेताहरुसंगको भेटमा हामीले व्यापार प्रवद्र्धन, लगानी, पर्यटन तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकार्य सुदृढ गर्ने लगायतका आपसी हितका विषयहरुमा छलफल भएको थियो । ’

उनले तिब्बत स्वशासित क्षेत्र हाम्रा दुई देशबीचको व्यापार, पर्यटन, संस्कृति र अन्य हितका क्षेत्रहरुमा द्विपक्षीय अन्तक्रियाको प्रवेशद्वार भएकाले यो प्रतिनिधिमण्डलको नेपाल भ्रमणले सम्भावित सबै क्षेत्रमा नेपाल–चीन सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । ‘हालै जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भुकम्पले सयौंको ज्यान जानुको साथै भौतिक पूर्वाधार र सम्पत्तिमा क्षति पुर्याएको छ । यस दुःखद घडीमा पीडा बाँड्न साथ दिएकोमा म चीन सरकार र जनताको प्रशंसा गर्न चाहन्छु ’ उपराष्ट्रपति यादवले भने ‘ यस कठिन समयमा जनवादी जनतन्त्र चीन सरकारले प्रदान गरेको सहयोगका लागि म आभार प्रकट गर्दछु । ’ 

उनले नेपाल र चीनबीच घनिष्ट र सौहार्दपूर्ण सम्बन्ध रही आएको बताए । ‘सन् २०२६ सम्ममा अल्पविकसित देशबाट स्तरोन्नति गर्ने हाम्रो आकांक्षा रहेको सन्दर्भमा तीव्र आर्थिक–सामाजिक रुपान्तरणको चिनियाँ अनुभवबाट हामी सिक्न चाहन्छौं’ उपराष्ट्रपति यादवले भने । उनले अन्तरआवद्धता, पूर्वाधार विकास, व्यापार, पर्यटन, लगानी र जनस्तरको सम्बन्ध जस्ता महत्वपूर्ण क्षेत्रमा चीनसंगको साझेदारीलाई नेपालले प्रगाढ बनाउन चाहेको बताए । उनले पूर्व प्रधानमन्त्री ली खछ्याङको दुःखद निधनमा चीन सरकार र जनताप्रति गहिरो समवेदना व्यक्त गरे । 

भेटवार्ताका क्रममा जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिष्ट पार्टीका सचिव माननीय वाङ जुनझेङले आफ्नो यो भ्रमण नेपालका सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणका क्रममा भएको समझदारी लागु लगाउने उद्देश्यले भएको बताए । ‘नेपालमा हालै गएको शाक्तिशाली भुकम्पमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भुकम्पपीडितप्रति सहानुभूति प्रकट गर्दछु ’ उनले भने, ‘पुनःनिर्माणमा चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । ’ उनले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनोस भन्ने चाहना चीनको रहेको जनाउँदै नेपाल–चीनबीच उच्चस्तरिय र जनस्तरको भ्रमण आदान प्रदान गर्नुपर्नेमा जोड दिए । उनले उपराष्ट्रपति यादवलाई तिब्बत भ्रमणमा आउन आग्रह समेत गरे ।  

  • Dhankutapress

थप