Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

अरुण गाउँपालिका भोजपुरको प्रशासनिक भवन निर्माणमा विवाद

  •   ३ वर्ष अघि | ४ पुस २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/भोजपुरको अरुण गाउँपालिकाको प्रशासनिक भवन निर्माण तथा स्थान्तरण गर्ने विषयलाई लिएर पालिकावासीहरु विच विवाद देखिएको छ । 

 स्थानियले वुधवार सो विषयलाई लिएर सधन शहरी तथा भवन निर्माण आयोजनाको कार्यालय धनकुटामा ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले अरुण गाउँपालिकाले गैर कानुनी र स्थानिय सरकार सञ्चालन ऐन विपरीत नयाँ भवन निर्माण तथा स्थान्तरणको प्रक्रिया अघि वढाएको भन्दै आयोजनाको कार्यालय धनकुटामा ज्ञापन पत्र बुझाएका हुन् ।        

उनीहरुले सो विषयलाई लिएर सधन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका प्रमुख सुमन कुमार मिश्रलाई ज्ञापन पत्र बुझाएका छन । 

अरुण गाउँपालिका अध्यक्ष सालिग्राम खत्री र केही कार्यपालिकाका सदस्यहरुको मिलेमतोमा प्रशासनिक भवन हाल संचालनमा रहेको प्याउली भन्ज्याङ्गबाट अन्यत्र सार्न लागेको उनीहरुले आरोप लगाएका छन् । गाउँपालिकाका पुर्व अध्यक्ष गजेन्द्र वहादुर कार्कीले भने–‘हाल गाउँपालिकाको कार्यालय ३ नम्बर वडा प्याउली वजारमा रहेको छ । सवैलाई पाईप पर्ने ठाउँमा छ, तर, जर्वजस्ती अन्यत्र लान आम पालिकावासीहरुको सहमती विना खोज्दैछन् ।’ उनले भने–‘हाल सञ्चालित गाउँपालिकाको कार्यालय भन्दा करिब डेढ किलोमिटर टाढा भन्ञ्याङ् भन्ने ठाउँमा स्थान्तरण गर्न खोजिएको छ, यस्मा सिङ्गो गाउँ पालिकावासीको आपत्ति छ ।’ 

त्यसैगरी नेकपा माओवादीका नेता विमल खड्काले हाल निर्माण गर्न लागिएको भञ्याङ्ग भन्ने ठाउँमा भवन बनाउदा भौगोलिक विकटताको हिसावले स्थानियलाई समस्या हुने वताए । उनले भने–‘हाल सञ्चालन भएको ठाउँ प्याउली वजारमा सवैको सहजता हुने हुँदा सोही ठाउँमा पालिका भवन हुनुपर्ने माग हामीले गरेका हौं ।’ ‘भवन निर्माणको विषयमा पटकपटक कुरा राख्दा पनि पालिकाले बेवास्ता गरेकोले वाध्य भएर हामी सधन शहरी तथा भवन निर्माण आयोजना धनकुटासम्म आईपुगेका हौं’–खड्काले भने ।

सो विषयलाई लिएर स्थानियले सर्वोच्च अदालत र नेपाल सरकार संघिय मामिला मन्त्रालयमा मुद्धा लगाई सकिएको नेकपा एमालेका स्थानिय नेता नारयण घिमिरेले वताए । उनले भने–‘उक्त मुद्धा विचाराधिन अवस्थामा रहेकाले मुद्धा फैसला नभएसम्म यस कार्यलयबाट भवन निर्माणको लागी रकम विनियोजन र अन्य कुनै पनि कार्यक्रम अगाडी नबढाउन हामीले ज्ञापनपत्र वुझाएका हौं ।’

नेकपा समाजवादी पार्टीका अर्का स्थानिय नेता होम श्रेष्ठले गाउँपालिका भवन सवैका लागी सहज र उपयुक्त स्थानमा हुनु पर्ने भन्दै सवै दल मिलेर गाउँपालिका विरुद्ध उजुरी गर्न आएको वताए । उनले भने–‘पालिका भवन अहिले जुन स्थानमा संचालनमा छ, त्यही स्थान भूवनोवटको हिसावले उपयुक्त रहेको छ।’ 

अघिल्लो कार्यकालमै भवन निर्माणको लागि जग्गा छनौट भएको अध्यक्ष खत्रीको दावी :

अरुण गाउँपालिका अध्यक्ष सालिग्राम खत्रीलाई धनकुटा प्रेस अनलाईन खवरले भवन निर्माण विवादको विषयमा सम्पर्क गर्दा भवन वनाउँ भन्ने पनि सवै पार्टीका, विरोध गर्ने पनि सवै पार्टीका भएर विवाद भएको बताए । उनले अघिल्लो कार्यकालको अध्यक्ष गजेन्द्र वहादुर कार्कीको पालामा जग्गाको छनौट भै सकेको वताए । आफ्नो पालामा सूचना गरेर भवन वनाउने विषयमा ३ जना कार्यपालिका सदस्य वाहेक वहुमतले निर्णय गरेर आ.व.०७९/०८० मा डिपिआर गरिएको अध्यक्ष खत्रीले बताए । उनले सर्वोच्चमा परेको मुद्धामा अदालतले भवनको काम नरोक्ने स्टेअडर दिएपछि डिपिआरको काम गरेकोे बताए । ’कसैले कसैको स्वार्थ पूरा गर्नको लागि राजनीतिक इस्यू वनाएका मात्र हुन‘्–खत्रीले भने । हाल प्याउली वजारमा भाडामा राखिएको पालिका भवन देखि हाल प्रस्ताव गरिएको स्थान पुग्न पनि १० मिनेट पनि नलग्ने अध्यक्ष खत्रीको दावी छ । 

सो विषयमा सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका निमिक्त कार्यालय प्रमुख सुमन कुमार मिश्रले चालु आर्थिक वर्षमा सो गाउँपालिकाको भवन निर्माणको लागि रातो किताबमा वजेट विनियोजन नभएको बताए । उनले भने–‘डिपिआरको काम अघिल्लो आर्थिक बर्षमा भएको थियो, सायद विवाद भएकोले होला यो वर्ष वजेट नछुटिएको हुनसक्छ ।’ उनले थपे–‘चालु आर्थिक वर्षमा अहिलेसम्म उक्त गाउँपालिकाको भवन निर्माणको लागि आयोजना कार्यालयमा वजेटको सिलिङ आको छैन ।’ आयोजना कार्यालयले कोशी प्रदेशको धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर गरी चार जिल्ला धनकुटाबाट हेर्ने गर्दछ । 

  • Dhankutapress

थप