Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

गाँजा बोकेको भारतिय गाडी दुर्घटना हुँदा घाइते भएकी बालिकाको ११ दिन पछि मृत्यु

  •   ३ वर्ष अघि | ५ असार २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/धनकुटाको हिले देखि धरान तर्फ जाँदै गरेको भारतिय नम्वर पिलेटको टाटा सुमोमा गएको जेष्ठ २६ गते दुर्घटनामा परेकी धनकुटा–४ कि वर्ष १९ कि प्रिस्किला तामाङको सोमवार विहान उपचारको क्रममा मृत्यु भएको छ । 

उनी आफ्नो घर धनकुटा–४ बाट इटहरी स्थित् नमूना कलेजमा अध्ययन गर्न जाने क्रममा धनकुटा न.पा.कै ९ नम्वर वडाको खुरिलामा पुग्दा आफू सवार भारतिय गाडी गम्भिर दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण उनको टाउकोमा गम्भिर चोट लागेको थियो । घट्ना पछि तामाङलाई उपचारको लागि तत्काल धरान रेफर गरिएको थियो । उनको उपचारको लागि प्रहरीले तत्काल विपि कोईराला स्वास्थ्य विहान प्रतिष्ठान धरान पु¥याएको थियो ।   

दुर्घटनामा परि गम्भिर घाईते भएकी तामाङको गएको जेष्ठ २६ गते देखि असार (आज) ४ गतेसम्म विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइस्यूमा राखेर उपचार भईहरेको थियो । तर, उनको उपचारकै क्रममा असार ४ गते विहान करिव ९ वजेको समयमा मृत्यु भएको बुवा सन्तोष तामाङले वताए । लामो समयसम्म आइस्यूमा राखेर पिडित विरामी प्रिस्किला तामाङलाई बचाउने प्रयास गरे पनि बचाउन नसकिएको बुबा सन्तोष तामाङले वताए । मंगलवार विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरी धनकुटा–४ स्थित् भोटेचौतारामा क्रिश्चियन परम्परानुसार वौद्ध दाहा संस्कार स्थल नजिकै उनको अन्त्यष्ठि गरिएको छ । 

दुर्घटनाग्रस्त टाटा सुमो गाडीबाट प्रहरीले १ सय, २५ केजी गाँजा बरामद गरेको थियो । प्रहरीले दुर्घटना ग्रस्त सुमो गाडीको छतको भित्रि भाग, चालक बस्ने अगाडीको भाग र च्यासिज रहेको भागमा वडी वल्डिङ गरेर लुकाएर लाँदै गरेको अवस्थाको गाँजा गाडी पन्साउने क्रममा गाजा वरामद गरेको थियो । 

कोशी लोकमार्ग अन्तर्गत धरान धनकुटा सडक खण्डको धनपा वडा नं.९ स्थित् खुरिलामा गएको जेष्ठ २६ गते शुक्रवार विहान साडे ६ वजे उक्त भारतिय टाटा सूमो दुर्घटना भएको थियो । धरान तर्फ जाँदै गरेको वि.आर. १० एच. ४९१० नम्वरको खराने कलरको भारतिय टाटासुमो दुर्घटना हुँदा तिन जना घाइते भएका थिए । उक्त गाडीमा १९ वर्षिय मृतक बालिका सहित ५ जना सवार रहेका थिए । सवार मध्ये चालक सहित दुई जना भारतिय भने फरार रहेको प्रहरीले जनाएको छ । तिव्र गतिको कारण सुमो दुर्घटना भएको हुन् सक्ने प्रहरीले बताए पनि घट्नाको यथार्थ वाहिर आउन सकेको छैन । 

घाईते मध्ये धनकुटा नगरपालिका वडा नं.४ भोटेचौतारा घर भएकी वर्ष १९ की प्रिस्किला तामाङको स्थिति दुर्घटना भएको दिन देखि नै गम्भिर थियो । उनको टाउकोमा गम्भिर चोट लागेको थियो । उनी सोहि दिन विहान इटहरी जाँनको लागि उक्त गाडीमा धनपा–४ स्कुलडाँडाबाट लिफ्ट मागेर गाडी चढेको वुवा सन्तोष तामाङले बताए । उनले आफ्नी छोरी इटहरी उप–महानगरपालिका वडा नं.७ मा रहेको नमूना कलेजमा कमर्स विषय लिएर व्यचलर प्रथम वर्षमा अध्ययनरत रहेको वताए । 

यता गाडीमा सवार मोरङ्गको जहदा गाउँपालिका–३ भातिगडा टोलका वर्ष २३ का अजय महला र जहदा गाउँपालिका वडा नं.४ घर भएको भनिएका वर्ष २४ का सुरेश मुख्यालाई घाइते अवस्थामा भाग्दै गर्दा प्रहरीले रुद्रवारीको जंगलवाट नियन्त्रणमा लिएको थियो । उनीहरुको कानुन् वमोजिम आवश्यक कार्वाहीको लागि प्रक्रिया अघि वढेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएस्पी नरेन्द्र कुँवरले बताए । 

पक्राउ परेका  सुरेश मुख्या र अजय महलाबाट दुर्घटना ग्रस्त भारतिय टाटा सुमोको ब्लु बुक सहित आवश्याक कागजात प्रहरीले वरामत गरेको छ । त्यसैगरी भारतको कस्माहा गाउँपञ्चायत वडा नं.३ जोगमुनी ठेगाना उल्लेख भएको श्रवण कुमार यादवको नाममा जारी भएको ड्राइभिङ लाइसेन्स पनि प्रहरीले फेला पारेको डिएस्पी कुवँरले वताए । 

  • Dhankutapress

थप