Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

वेपत्ता पारिएकाहरुको परिवारका सदस्यलाई पिडित परिचय पत्र वितरण

  •   ५ वर्ष अघि | ३ फाल्गुन २०७८, मङ्लबार

सुस्मिता थिङ तामाङ

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/शसस्त्र द्धन्द्धको समयमा राज्य वा द्धन्द्धरत पक्षले वेपत्ता पारेका वा सो अवधीमा अन्य कुनै कारणले वेपत्ता पारिएका व्याक्तिको परिवारलाई मंगलवार धनकुटामा पिडित परिचयपत्र वितरण गरिएको छ । 

वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले धनकुटामा परिचयपत्र वितरण गर्न शिविर आयोजना गरेको हो ।  जिल्लाका १४ वटा उजुरी मध्ये ७ वटा उजुरीका १७ जनाले परिचय पत्र पाएका छन् । सात जना उजुरीका वेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्य नआएको आयोगका सदस्य विश्वप्रकाश भण्डारीले वताए । 

भण्डारीका अनुसार ०५५ सालमा वेपत्ता पारिएका पाख्रीवास नगरपालिका वडा नं.८ घर भएका सीताराम थापाका वुवा ज्ञानेन्द्र वहादुर थापा, ०६१ साल चैत्र २२ गते देखी वेपत्ता पारिएका महालक्ष्मी नगरपालिका वडा नं.९ मुर्तिढुङ्गा घर भएका चन्द्रवहादुर वाँनियाका आमा हरीमाया वाँनिया भाई सन्तोष वाँनिया र उनका २ दाजुले परिचय पत्र पाएका छन् । चन्द्र वहादुर वाँनिया हरिमायाको साँहिला छोरा हुन् । त्यसैगरी साँगुरीगढी गाउँपालिका वडा नं.९ घर भएका ०६२ साल वैसाख ९ गते देखी वेपत्ता पारिएका जयकुमार राईको परिवारले परिचय पत्र पाएका छन् । उनको १ श्रीमती, २ छोरा र १ छोरी रहेका छन् । अर्का ०५९ पौष १८ गते वेपत्ता पारिएका धनकुटा न.पा.–६ का रमेश गुरागाँईका परिवार, ०५३ माघ २३ गते वेपत्ता पारिएका शहिदभूमी गाउँपालिका वडा नं.२ का राम प्रसाद राईका परिवार, ०६२ चैत्रमा वेपत्ता पारिएका वमवहादुर मगरका परिवार सहित सात वटा उजुरीका १७ जनाले परिचय पत्र पाएका हुन् । वाँकी रहेकाहरुलाई वुधवार भेडेटारमा पिडित परिचयपत्र वितरण गर्ने पनि सदस्य भण्डारीले बताए ।  


वेपत्ता पारिएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गर्नु पुर्व आयोगका केन्द्रिय अध्यक्ष युवराज सुवेदीका अध्यक्षतमा स्थानिय राजनितिक पार्टीका जिल्ला स्तरका शिर्ष नेताहरु र स्थानिय संचारकर्मीहरु विच जिल्लाको अवस्थाका वारेमा छलफल कार्यक्रम संचालन गरिएको थियो । सो अवसरमा वोल्दै आयोगका अध्यक्ष युवराज सुवेदीले राज्य पक्ष वा द्धन्द्धरत पक्षले वेपत्ता पारिएका परिवारलाई यस अघि १० लाखका दरले राहात दिएको र अहिलेसम्म नपाएकालाई आयोगले पुनः दिलाउनको लागी सरकारलाई सिफारिस गर्ने बताए । 


उनले शसस्त्र द्धन्द्धको क्रममा वेपत्ता हुँदा इन्सेक, आईसीआरसी, रेडक्रस, प्रहरी प्रशासन लगायत राज्यको आधिकारीक निकायमा जानकारी दिएको आधारमा वेपत्ताको परिचय पत्र दिईने स्पष्ट पारे । सुवेदीले सवैखाले निकायबाट प्रमाणित वा पुष्टी भएपछि सरकारलाई परिपुरणको लागी सिफारिस गरिने बताए । नेपालमा हालसम्म वेपत्ता पारिएका व्यक्तिको ३२ हजार परिवारलाई परिचयपत्र वितरण गरिएको सुवेदीले जानकारी दिए । सो अवसरमा नेकपा एमाले धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुली, धनकुटा नगरपालिकाका उपनेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई, नेकपा माओवादीका इन्द्र विष्ट, नेकपा समाजवादीका खगेन्द्र सुवेदी, जनता समाजवादीका विकास घिमिरे, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई लगायतले वेपत्ता पारिएका व्यक्तिका वारेमा आ–आफ्नो धारणा राखेका थिए । 


  • dhankutapress

थप