धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/सामुदायिक वन उपभोक्ता महासंघ नेपालका राष्ट्रिय कार्यकारिणी सदस्य शिव आङ्गलाले नेपालमा लोकतन्त्र स्थापना गर्न सामदायिक वन समूहका पदाधिकारी एवं सदस्यहरुको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ धनकुटाको सातौं जिल्ला अधिवेशनलाई सोमवार धनकुटामा उद्धघाटन गर्दै सदस्य राईले यस्तो वताएका हुन् । उनले सामुदायिक वनमा काम गर्ने पदाधिकारी एवं सदस्यहरुलाई कुनै पनि पार्टी वा जातिको ह्यूप नलाग्ने वताए । उनले धनकुटाका सामुदायिक वनकर्मीहरुलाई कसैको डर धम्की र त्रासमा नपरी स्वतन्त्र पूर्वक आ–आफ्नो वन समुहमा कटिवद्ध भएर काम गर्न आग्रह गरे ।
सामूदायिक वन उपभोक्ता महासंघ नेपाल प्रदेश नं.१ का अध्यक्ष तुलसी संग्रौलाले नेपालमा सामूदायिक वन वि.सं.२०३० साल श्रावण २५ गते सिन्धुपाल्चोक जिल्लाको पाण्डेगाउँमा पहिलो पटक गठन भएको वताए । उनले नेपालमा वनको संरक्षणका लागि वन समूहहरु गठन गर्नु पर्छ भनेर अभियानको रुपमा सिन्धुपाल्चोकको पाण्डे गाउँमा भएको बताए । उनले वनलाई समृद्धिसंग जोड्न वन पैदावारमा आधारित उद्योग खोल्नु पर्नेमा जोड दिए ।
नेपाल सरकारले वि.सं.०७१ मा निर्माण गरेको वन विकास गुरु योजना महिला मैत्री नरहेको प्रदेश अध्यक्ष संग्रौलाले औल्याए । उनले भने–‘वन विकास गुरु योजनामा वन समुहहरु गठन गर्दा जहिल्यै पनि उपाध्यक्ष र कोषाध्याक्ष मात्र महिलालाई प्रतिनिधि पाउने व्यवस्था गरिएको छ ।’ उनले यस्तो विभेदकारी गुरु योजनाले सामुदायिक वन समुहको अध्यक्ष जस्तो जिम्मेवार पदमा महिलाले कहिल्यै पनि स्थान नपाउने अवस्था आउने वताए ।
‘वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार, उद्यमशिलता र शसक्त संगठनसमृद्धिको आधार’ भन्ने मुल नाराको साथ आयोजना गरिएको जिल्ला अधिवेशनमा प्रदेश सचिव राजेन्द्र खड्का, जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र प्रसाद सुवेदी, उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, जिल्ला कफी उत्पादन संघका अध्यक्ष यूवराज दर्नाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा शिलढुङ्गा सामूदायिक वन समूह धनकुटाका संस्थापक सदस्य धनकेशसर खड्का, भालुखोप सिंहदेवी सामूदायिक वन समुह छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष होम वहादुर वाडा, सुकेपोखरी संसारी माई सामूदायिक वन समूह धनकुटाका अध्यक्ष परशुराम मल्ल, साविक मुत्र्रिढुङ्गा गाउँ महासंघका अध्यक्ष, महालक्ष्मी न.पा. वडा नं.८ र ९ का प्रतिनिधि हिकमत भण्डारीलाई सम्मान गरिएको थियो ।
अध्यक्षमा पुनः थापा
सामूदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ धनकुटाको सातौं जिल्ला अधिवेशनको वन्द सत्रले पुनः अध्यक्षमा निलवहादुर थापालाई चयन गरिएको छ । त्यसैगरी उपाध्यक्षमा दोध्राज वाँस्तोला, सचिवमा चन्द्र कुमारी चेम्जोङ, सह–सचिवमा ठगेन्द्र प्रसाद अधिकारी, कोषाध्यक्षमा कल्पना थापालाई चयन गरिएको छ ।
२५ सदस्सीय जिल्ला कार्य समितिको सदस्यहरुमा दुर्गा वहादुुर थापा, यज्ञ वहादुर राई, हिकमत भण्डारी, सुवर्ण कार्की, रीता राई,रामु राई, दिलमाया राई, निर्मला सुवेदी, लिला पराजुली, निर्मला श्रेष्ठ, नारयण दर्नाल, तारा गिरी, श्यामकुमार राई,गणेश तुम्सा,भिमवहादुर कार्की, रमला राई रहेका छन् ।
त्यसैगरी तिन सदस्यीय न्यायिक समितिको संयोजकमा पर्मिला भट्टराई, तिन सदस्यीय अनुगमन तथा विकास समितिको संयोजकमा दुर्गा वहादुर न्यौपानेलाई चयन गरिएको नवनिर्वाचित अ्रध्यक्ष नीलवहादुर थापाले जानकारी दिएका छन् ।
- Dhnakutapress