धनकुटा प्रेस सम्वाददाता
धनकुटा/कर्मचारी सञ्चय कोष, सेवा केन्द्र धनकुटाले प्रदेश, स्थानीय तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरुलाई आफ्नो कार्यालयले दिने सेवा सुविधाको वारेमा जानकारी गराउने उदेश्यले मंगलवार पाख्रीवासमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कर्मचारी सञ्चयकोष धनकुटाले योगदानमा आधारित योजना कोषमा आबद्ध गर्न तथा कोषले प्रदान गर्ने सेवा सुविधा सम्बन्धी जानकारी दिने उदेश्यले एक दिने अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । अन्तरक्रिया कार्यक्रममा कर्मचारी सञ्चयकोष सेवा कार्यालय धनकुटाका प्रमुख दीपकमणि रिसालले प्रदेश, स्थानीय निकाय तथा सार्वजनिक निकायका कर्मचारीहरुलाई योगदानमा आधारित योजनामा कोषमा आबद्ध गर्न तथा कोषले प्रदान गर्ने सेवा सुविधा सम्बन्धी जानकारी दिन कार्यपत्र प्रस्तुत गरेका थिए ।
उक्त अन्तरक्रिया कार्यक्रममा कर्मचारीहरुबाट आएका विभिन्न जिज्ञासा कार्यालय प्रमुख दीपक मणि रिसालले प्रतिउत्तर दिएका थिए । अन्तरक्रिया कार्यक्रममा सहभागीहरु पाख्रीवास नगरपालिकाका प्रमुख प्रमुखले ज्ञानवहादुर गुरुङ्गले धन्यवाद ज्ञापन गरेका थिए । प्रमुख गुरुङ्गको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उप–प्रमुख नम्रता गौतम, प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाको समेत उपस्थिति रहेको थियो । सो अवसरमा कर्मचारी सञ्चय कोष सेवाकेन्द्र धनकुटाका सहायक प्रबन्धक मोहन काफ्लेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
- dhankutapress