Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

पत्रकार लामा सहित ९ जना अग्रज स्रस्टाहरुलाई धनकुटामा सम्मान

सन्दर्भ : २ सय ११ औं भानु जयन्ती विशेष

  •   २ वर्ष अघि | ३१ असार २०८१, आइतवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/२११ औं भानु जयन्तीको अवसर परेर धनकुटामा विविध कार्यक्रमको आयोजना गरी विभिन्न विधाका ९ जना स्रस्टालाई सनिवार भव्य रुपमा सम्मान गरिएको छ । 

आदिकवि भानुभक्त आचार्यको जन्जयन्ती साथै गर्गाचार्य सामुदायिक विश्व भाषा पुस्तकालय धनकुटाको १३ औं वाािर्षक उत्सव तथा साधरणसभाको अवसरमा विभिन्न विधाका ९ जना स्रस्टाहरुलाई सम्मान एवं पुस्कृत गरिएको हो । 

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवं धनकुटा जिल्लका प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेलले दोसल्ला, सम्मान पत्र साथै नगद सहित पुरस्कृत एवं सम्मान गरेका हुन् । सम्मानति एवं पुरस्कृत हुनेहरुमा गर्गाश्री सम्मानबाट सम्मानित हुनेमा धनकुटा मारेककटहरे (हाल धुलावारी झापा) का कमलकान्त आत्रेय, धनन्ञ्जय घिमिरे स्मृति सम्मान पाउनेमा मोरङ्ग खोर्सानेका मेदिनी प्रसाद बराल, दुर्लब लामीछाने स्मृति छन्द्ध पुस्कार पाख्रीवास न.पा.–१० चुङ्गवाङ्ग घर भई हाल झापामा वसोवास गरी रहनु भएका कवि विष्णु प्रसाद न्यौपानेलाई प्रदान गरिएको छ । 

त्यसैगरी सहिदभूमि गाउँपाकिलाका अध्यक्ष मनोज राईलाई सम्मानित सदस्य सम्मान गरिएको थियो भने धनकुटाका पदम प्रसाद काफ्लेलाई मानार्थ सदस्य प्रदान गरिएको थियो । त्यसैगरी तिन दशकको हाराहारी देखि धनकुटामा रहेर पत्रकारिताको माध्यामबाट समाजिक सेवा गरेको भन्दै अग्रज पत्रकार सन्तवीर लामालाई सो अवसरमा स्वर्ण प्रभा पत्रकारिता पुरस्कार–०८१ बाट नगदसहित सम्मान गरिएको छ । त्यसैगरी लक्ष्मीकान्त देवकन्या रुक्मिणि पुरस्कार धनकुटा कुरुलेतेनुपा (हाल विराटनगरमा वसोवास गर्नु हुने) जोतिष शालिग्राम दाहाललाई सम्मान एवं पुरस्कृत गरिएको छ । 

त्यसैगरी धनमाया लामिछाने युवा प्रतिभा पुरस्कार पाख्रीवास चुङ्गवाङ्गकी तुलसा स्वदेशी राई, डिल्लीमाया बराल स्मृति एकल महिला समाजसेवी पुरस्कार धनकुटा–७ डाडाँगाउँकी जया राइलाई प्रदान गरिएको छ । सम्मानित एवं पुरस्कृत हुनेहरुलाई संस्थापक अध्यक्ष टिकाप्रसाद लामीछाने, प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेल, संस्थाका अध्यक्ष घनश्याम बराल लगायतले जनही नगद ५ हजार, १ सय ११ रुपयाँको सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरेका हुन् । 


कवि, कवयित्रीद्धारा कविता वाचन :

सो अवसरमा कवि, कवयत्रिहरु तुलसा स्वदेशी राई, रमेशचन्द्र अधिकारी, विष्णु न्यौपाने, घनश्याम बराल, शालिकग्राम दाहाल, चिनु काफ्ले लगायतले भानुको सम्झनामा कविता वाचन गरेका थिए । 

पुस्तकालय संचालक समितिको अध्यक्षमा पुनः घनश्याम बराल चयन :

सो अवसरमा गर्गाचार्य सामुदायिक विश्व भाषा पुसतकालय संचालक समिति समेत पुनर्गठन गरिएको छ । पुनर्गठित समितका अध्यक्षमा पुनः घनश्याम बराल सर्वसम्मत चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा यज्ञप्रकाश चापागाँई, उपाध्यक्ष दामोदर मित्र, महासचिवमा मुकुन्द प्रयास, कोषाध्यक्षमा सुमना तिम्सिना, सचवमा रविन्द्र नेपालीलाई चयन गरिएको छ । 

त्यसैगरी सदस्यहरुमा समाजसेवी एर्व शिक्षा प्रेमी रमेशवहादुर दाहाल, लोकन्द्र कुमारी रिजाल, अग्रज पत्रकार सन्तवीर लामा, चिनु काफ्ले, सरोज श्रेष्ठ, सुशिला मिश्र र विनय गुरागाँई चयन भएका छन् । त्यसैगरी सल्लाहकार समितिको सदस्यहरुमा राजनीतिकज्ञ विकास प्रधान, आनन्द सन्तोषी राई, शिक्षाप्रेमी यज्ञप्रसाद गुरागाँई, द्रोण गुरागाँई र डा.गोपाल वहादुर भट्टराई रहेका छन् । 

त्यसैगरी प्राज्ञिक सल्लाहकार सदस्यहरुमा प्रा.डा. गोपाल भण्डारी, प्राज्ञ विवश पोख्रेल, श्याम प्रसाद वाग्ले र खगेन्द्र घिमिरेलाई चयन गरिएको छ । कोष संचालन समितिमा तारानाथ मिश्र, पदम प्रसाद काफ्ले र कोषाध्यक्ष सुमना तिम्सिनालाई चयन गरिएको छ ।  

  • dhankutapress

थप