Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

तामाङ पत्रकार संघको संघीय अध्यक्षमा नेत्र मोक्तान सर्वसम्मत चयन

  •   २ वर्ष अघि | १४ पुस २०८१, आइतवार

धनकुटा प्रेस सम्वाददाता

काठमाण्डौं/तामाङ पत्रकार संघको सनिवार सम्पन्न भएको सातौं राष्ट्रिय महाधिवेशनबाट संघीय अध्यक्षमा नेत्र मोक्तान तामाङ सर्वसम्मत रुपमा चयन भएका छन् । 

उर्जा, जल स्रोत तथा सिचाई मन्त्रि पूर्ण वहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनको वन्द सत्रले वरिष्ठ उपाध्यक्षमा तिर्थमान बल, उपाध्यक्षहरुमा डोल्माछिरिङ तामाङ, साहिला तामाङ र शिशिर दोङ चयन भएका छन् । 

त्यसैगरी संघीय समितिको महासचिवमा सरस्वती तामाङ, सचिवमा आदर्श थोकर, जिबी लामा, मिक्साङ वाइबा र कोषाध्यक्षमा हिरामान बल चयन भएका छन् । 

त्यसैगरी खुल्ला केन्द्रिय सदस्यहरुमा अमृता तामाङ, अञ्जली तामाङ, पासाङ घिसिङ, सुदिन दोङ, संगम लामा, श्यामलाल लामा चयन भएका छन् । त्यसैगरी बागमती प्रदेशबाट केन्द्रिय सदस्यहरुमा अर्जुन तामाङ, मानकाजी तामाङ, सन्तोष योन्जन तामाङ, शान्ती थिङ, राज कुमार स्याङ्बो, राधिका लो तामाङ, श्याम बहादुर तामाङ चयन भएका छन् । 

यता प्रदेस नं.१ बाट तामाङ पत्रकार संघको संघीय सदस्यमा अनुप योन्जन मोरङ्ग र उदयपुरबाट सन्तोषीकला तामाङ चयन भउका छन् । त्यसैगरी मधेस प्रदेसबाट साङ बहादुर लो (राजु ) चयन भएका छन् ।तामाङ पत्रकार संघका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन मण्डलका अध्यक्ष एवं संघका संस्थापक प्रतिक तामाङले पद तथा गोपनियताको सफथ ग्रहण गराएका थिए ।    

  • dhankutapress

थप