Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धरान धनकुटा सडक अपडेट : एकतर्फी पैदल यात्री आवतजावत, सडक निर्माण कार्य सुरु

  •   १ वर्ष अघि | १८ जेष्ठ २०८२, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटामा लेउती खोलाको बाढीले सडक बगाएपछि सनिवा। बिहानैदेखि अवरुद्द भएको सडक एक तर्फी खुलेको छ ।

सनिवार बिहान करिब ५ः३५ बजेदेखि परेको अबिरल बर्षाले जिल्लाको साँगुरीगढी गाउंपालिका वडा नं. मा पर्ने कोशी लोकमार्ग स्थित घण्टे वजार र फेदी वजारको विच पर्ने सडक लेउती खोलामा आएको बाढीले करिब १ सय मिटर सडक कटान गरेकोले दुबै तर्फको सडक अवरुद्द भएको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाका निमिक्त सुचना अधिकारी प्रहरी निरीक्षक ध्रुर्व नारायण श्रेष्ठले जानकारी दिए त्यसैगरि आज बिहान ४ः४५ बजेको समयमा साँगुरिगढी गापा वडा नं. ६ स्थित् कोशि लोकमार्ग स्थित नमस्ते झरना छेउमा रुख लडि माथीबाट पहिरो झर्दा सडक अबरुद्द भएको थियो । अवरुद्ध सडक पुनः सूचारु गर्न प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार राई, प्रदेस सभा सदस्य निरन राई, इन्द्रमणी पराजुली, जिल्ला समन्वय प्रमुख निरेन तामाङ प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, नेपाली सेना भिम दल गण सल्लेरी ब्यारेक धनकुटाका प्रमुख सेनानी गणेश थापा, जिप्रका धनकुटाका प्रमुख प्र.उ.शरत कुमार थापा क्षेत्री, सशास्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाका प्रमुख स.प्र.ना.उ. मदननाथ समेतको टोली पुगेर खटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।समाचार स्रोतका अनुसार बिहान ९ः२० बजे देखि एकतर्फी रुपमा पैदल मानिसहरु आबतजाबत भईरहेको छ भनेसडक बिभाग धनकुटाका कर्मचारीहरुको उपस्थितिमा सडक निर्माण गर्ने कार्य सुरु भएको जनाइएको छ । वाढीले ग्रस्त वनाएको लेउती खोलाको सडक एकतर्फी यातयात संचालन गर्न डोजरले सडक निर्माण कार्य गरिहेको प्रहरीले जनाएको छ । भारी वर्षाको कारण सडक अवरुद्ध हुँदा सनिवार हुने शिक्षा सेवा आयोगको परिक्षा दिन आएका प्रशिक्षार्थिहरु प्रभावित भएका छन् । सडक अवरुद्ध हुँदा दुवै तर्फका यात्रुले सास्ती व्यहोर्नु परेको छ । 

  • dhankutapress

थप