Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

२९ औ तामाङ प्रसारण दिवस विविध कार्यक्रमको साथ सम्पन्न

ब्लाष्ट टाईम्सका सन्तवीर लामा र इण्डिजिनियस टेलिभिजनकी मायालु तामाङ सम्मानित

  •   ३ वर्ष अघि | १ भदौ २०८०, शुक्रबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

काठमाण्डौं/तामाङ पत्रकार संघ संघीय समितिले २९ औँ तामाङ प्रसारण दिवस विविध कार्यक्रमको आयोजना गरी शुक्रवार  काठमाण्डौंको भृकुटी मण्डपमा मनाएको छ । 

बिक्रम सम्वत २०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषामा ‘तामाङ ताम्ला साङ्गयूर’ अर्थात तामाङ भाषाको समाचार प्रसारण भएको दिनको सम्झनामा हरेक वर्ष भदौ १ गतेलाई तामाङ समुदायले तामाङ प्रसारण दिवस मनाउँदै आइरहेको छ । 

दिवसको अवसरमा तामाङ पत्रकार संघ संघीय समितिले ‘तामाङ मिडिया अवार्ड २०८०’ प्रदान गरेको गरेको छ । सो अवार्डबाट प्रदेश नं.१ को धरानबाट प्रकाशन हुने ब्लाष्ट टाईम्स दैनिकको धनकुटाका सम्पर्क अधिकृत सन्तवीर लामा (मोक्तान) र काठमाडौँ उपत्यकाबाट प्रसारण हुने इण्डिजिनियस टेलिभिजनकी कार्यक्रम उत्पादक तथा प्रस्तोता मायालु तामाङ (ङेसुर) लाई सम्मान गरेको छ । लामा धनकुटामा रहेर विगत २५ वर्ष देखि ब्लाष्ट टाइम्समा आवद्ध भएर पत्रकारिता गरिरहेका छन् ।

सम्मानित पत्रकारद्धय : वाँया ब्लाष्ट टाईम्स दैनिक धनकुटा शाखाका सम्पर्क अधिकृत सन्तवीर लामा (मोक्तान) र वाँया इण्डिजिनियस टेलिभिजनकी कार्यक्रम उत्पादक तथा प्रस्तोता मायालु तामाङ (ङेसुर) 

कार्यक्रममा बागमती प्रदेशका ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री तिर्थ बहादुर लामा (मोक्तान) ले बागमती प्रदेश सरकारको मन्त्रीपरिषद्ले तामाङ भाषा र नेवारी भाषालाई सरकारी कामकाजी भाषाको ?पमा प्रयोग गर्ने निर्णय गरिसकेको बताए । उनले चाँडै आवश्याक ऐन, कानून र कार्यविधि वनाएर सरकारी कामकाजी भाषको ?पमा तामाङ र नेवारी भाषालाई प्रयोगमा ल्याउने बताए । मन्त्री तामाङले भने–‘वाग्मती प्रदेशमा स्वभावैले तामाङ र नेवारी समुदायको जनघनत्व रहेको छ । भाषा आयोगले पनि तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको लागि सिफासिर गरेकाले प्रदेश सरकारले निर्णय गरेरै अघि वढाउन लागेको छौं ।’

मन्त्री लामाले २१ औँ शताब्दीका तामाङ पत्रकारहरूलाई नयाँ र डिजिटल प्रविधिको प्रयोग गर्दै सत्य र तथ्यको आधारमा पत्रकारिता गर्न आग्रह पनि गरे । 

कार्यक्रममा तामाङ पत्रकार सङ्घले प्रकाशन गरेको ’ह्याङला काई’ विशेषको विमोचन गरिएको छ भने तामाङ सेलोका चर्चित गायक चन्द्र कुमार तामाङ (मोक्तान) ले गाएको पुरानो तामाङ गीत ‘साङाला जिर्मा ग्वाईबारी म्हेन्दो’ नयाँ रिमिक्स भर्सन गीतको भिडियो पनि सार्वजनिक गरिएको । नयाँ रिमिक्स गीतमा गायक सुनिल लामा र गायिका सोनिया लामाले स्वर दिएका छन् भने वाइएसके ग्?पले ¥याप भरेका छन् । 

शुभकामना आदन प्रदान कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले, मानवशास्त्री डा.मुक्त सिं तामाङ, भाषाविद् अमृत ह्योञ्जन तामाङ, रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषामा समाचार वाचन गर्नु भएकी समाचार वाचीका रमिता तामाङ (बल), आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, अवार्ड छनौट समितिका समितिका संयोजक तथा तामाङ पत्रकार संघका संरक्षक एवं सल्लाहकार प्रतीक तामाङ (ङेसुर), रेडियो नेपालका तामाङ भाषा समाचार सम्पादक तथा वाचक इन्दिरा थिङ (तामाङ), सम्मानित एवं पुरस्कृत व्यक्तित्वको तर्फबाट ब्लाष्टकर्मी सन्तवीर लामाले प्रसारण दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

यसैबीच, २९ औँ तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघ दक्षिण कोरियाले भर्चुअल ?पमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको जनाएको छ । तामाङ पत्रकार संघ काठमाडौँ जिल्ला शाखा र भक्तपुर शाखाले पनि छुट्टाछुट्टै अन्तरक्रिया एवं शुभकामना आन प्रदान कार्यक्रम आयोजना गरेको जनाइएको छ । सो अवसरमा ‘तामाङ पत्रकारहरूको वर्तमान अवस्था, चुनौती र सम्भावना’ विषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको थियो । 

त्यसैगरी तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिले संखुवासभाको चैनपुरमा शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष मोहन तामाङले जानकारी दिएका छन् । यता तामाङ पत्रकार संघ काभ्रे, सिन्धुली, मकवानपुर,सर्लाही लगायतमा पनि शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरिएको छ । देशभरका ३६ जिल्लामा रहेका जिल्ला शाखाहरूले २९ औं तामाङ प्रसारण दिवसलाई विभिन्न कार्यक्रमको आयोजना गरी भव्य?पमा मनाएको संघका संघीय अध्यक्ष सुवास योञ्जन तामाङले बताए ।

  • Dhankutapress

थप