धनकुटा प्रेस सम्वाददाता
दिङ्गला/तामाङ पत्रकार संघ १ नं. प्रदेश समितिले दुई तामाङ अध्यक्षहरुलाई सम्मान गरेको छ । आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समितिका अध्यक्ष सन्तवीर मोक्तान तामाङ र भोजपुर उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण मोक्तान तामाङलाई एक समारोहका विच सम्मान गरेको हो ।
तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिद्धार आयोजित ५ दिने खोजमुलक पत्रकारीता तालिमको समापनको अवसरमा दुई अध्यक्षलाई संघलाई वुधवार भोजपुरको दिङ्गलामा सम्मान गरेको हो । सम्मानित हुनेहरुलाई खदा र सम्मान पत्रद्धार सम्मान गरिएको तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिका का उपाध्यक्ष मकर तामाङले जानकारी दिए ।
आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामा वि.सं.२०५५ सालदेखि निरन्तर निश्पक्ष पत्रकारीता गर्दै आएका छन् । उनि विभिन्न समयमा विभिन्न आदिवासी जनजातिजन्य संघ संगठनमा आवद्ध भई आदिवासी जनजाती पत्रकारहरुको हक हितको विषयमा मुद्धाहरु उठाउँदै आएका छन् । उनि आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को धनकृुटा शाखामा दुई कार्यकाल यस अघि अध्यक्ष भैसकेको छन् । मोक्तान तामाङ पत्रकार संघको निवर्तमान अध्यक्ष रहेर प्रदेश नं. १ मा रहेको १४ जिल्लामध्ये उनको कार्यकालमा ८ जिल्लामा तामाङ पत्रकार संघको जिल्ला शाखाहरुको स्थापना गरेका थिए । उनि २०७८ पौष २७,२८ र २९ गते मोरङको पथरीमा सम्पन्न भएको आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) प्रदेश नं. १ को दोस्रो प्रादेशिक महाधिवेशनबाट सर्वसहमत रुपमा प्रदेश अध्यक्षमा निर्वाचित भएका थिए ।
उनले आदिवासी जनजाती पत्रकारहरुको विषयमा उठएका हरेक मुद्धाहरु साथै तामाङ पत्रकार संघ प्रदेश नं.१ मा उत्कृष्ट कार्यक्रमहरु गर्दै संस्थालाई उच्च स्थानमा राख्न महत्वपुर्ण भुमिका निर्वाह गरेका भन्दै सम्मान गरिएको तामाङ पत्रकार संघ १ नं. प्रदेश समितिले जनाएको छ ।

साथै, समाज सेवामा लामो समय अगाडी देखि योगदान गर्दै आउनु भएका युवा व्यवसायी एवं उद्योग वाणिज्य संघ भोजपुरका नवनिर्वाचित ध्यक्ष तथा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति भोजपुरका अध्यक्ष कर्ण मोक्तानलाई पनि सो अवसरमा सम्मान गरिएको संघले जनाएको छ। यसै विच ऐतिहासिक क्षेत्र भोजपुरको दिङ्लामा ५ दिने खोजमुलक पत्रकारीता तालिम सम्पन्न भएको छ । तामाङ पत्रकार संघ १ नं. प्रदेश समितिको आयोजना तथा प्रदेश नं. १ का माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईको सांसद क्षेत्र विकास कोषको १ लाख ७५ हजार बजेटले पत्रकारिता तालिम सम्पन्न भएको हो ।
तालिम बैशाख ३ गतेदेखि बैशाख ७ गतेसम्म सञ्चालन भएको थियो । प्रदेश नं. १ का विभिन्न जिल्लाबाट क्रियाशिल तथा पत्रकारीता क्षेत्रमा रुचि राख्ने स्थानियहरुले तालिममा सहभागीता जनाएका थिए । ५ दिनसम्म सञ्चालित खोजमुलक पत्रकारीता तालिममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले प्रशिक्षण दिएका थिए ।
भोजपुरको ऐतिहासिक क्षेत्र दिङ्लामा पाँच दिन सम्म सञ्चालित तालिमको चौँथो दिन सहभागीहरुले विभिन्न ऐतिहासिक क्षेत्रहरुमा स्थलगत रिपोर्टिङ्ग गरेर समाचारहरु संकलन गरेका छन् ।
१ नं. प्रदेशका माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईको निर्वाचन क्षेत्र विकास कायृक्रमको सहयोगमा ५ दिने खोज पत्रकारीताको तालिम आयोजना गरिएको तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिका अध्यक्ष मोहन तामाङले बताएका छन् ।
- dhankutapress