Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

तामाङ घेदुङको महाधिवेशन पुनः स्थगित

  •   ५ वर्ष अघि | २७ माघ २०७८, बिहिबार

धनकुटा प्रेस सम्वादाता

काठमाण्डौं/नेपाल तामाङ घेदुङले आफ्नो नवौं संघीय महाधिवेशन पुनः स्थगित गरेका छ । माघ २४ गते बसेको संघीय सचिवालयको बैठकले आगामी फागुन ६ र ८ गतेसम्म काठमाडौंमा सम्पन्न हुन गइरहेको नवौं महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

घेदुङका महासचिव महितकुमार तामाङले सचिवालयको परिपत्र सर्कुलर गर्दै तोकिएको मितिमा महाधिवेशन सम्पन्न गर्न तयारी पूरा गर्दै गरेको अवस्थामा पुनः कोभिड–१९ को ओमिक्रोन भेरियन्ट सुरु भई नेपाल सरकारले २५ जनाभन्दा बढी भेला नहुनु भनी निर्देशन जारी गरेकोले महाधिवेशन स्थगित भएको जानकारी गराएका छन् ।

महासचिव तामाङद्वारा हस्ताक्षरित सचिवालय परिपत्र सर्कुलरमा भनेको छ, ‘नेपाल तामाङ घेदुङको नवौं संघीय महाधिवेशन आगामी फागुन ६, ७ र ८ गतेसम्म काठमाडौं सम्पन्न गर्नको लागि यस अघिको बैठकले मिति तोकेर आवश्यक तयारी पूरा गर्दै गरेको अवस्थामा पुनः कोभिड–१९ को ओमिक्रोन भेरियन्ट सुरु भई नेपाल सरकारले २५ जनाभन्दा बढी भेला नहुनु भनी निर्देशन जारी गरेको हुँदा उक्त मितिमा हुने भनिएको महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरियो ।

साथै, आसन्न स्थानीय तहको निर्वाचनलाई समेत मध्यनजर गरी २०७८ फागुन मसान्तसम्ममा जरी पनि घेदुङको महाधिवेशन सम्पन्न गर्नुपर्ने भएकोले फागुन पहिलो हप्ताभित्रमा संघीय सचिवालयको बैठक बसी उपयुक्त मिति तोक्ने र सोको सहजताको लागि २०७८ फागुन १५ गतेभित्रमा प्रतिनिधि दर्ता गरिसक्ने र तोकिएको मितिपछि दर्ता नगर्ने निर्णय गरियो । यस निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न सबै प्रदेश समितिले आ–आफ्नो प्रदेशभित्र प्रतिनिधि दर्ताको लागि व्यापक प्रचार प्रसार गर्ने गराउने निर्णय गरियो ।’

घेदुङले आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी २०७८ फागुन मसान्तसम्ममा जसरी पनि महाधिवेशन सम्पन्न गर्ने विज्ञप्तिमा जनाएको छ । 


  • dhankutapress

थप