धनकुटा प्रेस सम्वाददाता
धनकुटा/राष्ट्रियताको प्रवद्र्धन गर्न र सेनाको हतियारले नभई नेपाली जनताको साथ र एकता चाहिने बुधवार यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
३०१ औं राष्ट्रिय एकता दिवशको अवसरमा भीमदल गण सल्लेरी व्यारेक धनकुटाले साँगुरीगढीमा वुधवार आयोजना गरेको विशेष कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले अत्याधुनिक हातहतियारको बलले नभै सर्वसाधरण नेपाली जनताको एकताको बलले देश बन्ने दावी गरे ।
पुर्वि प्रितना इटहरीका प्रमुख सहदेव खड्का ३०१ औं राष्ट्रिय एकता दिवशको अवसरमा धनकुटाको साँगुरीगढीमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै ।
राष्ट्रिय एकता दिवशको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि पुर्वि प्रितना इटहरीका प्रितना पति सहदेव खड्काले राष्ट्रिय एकतालाई शिरमा राखेर नेपाली सेनाले देश र जनताको सेवा गरिरहेको बताए । उनले नेपाली सेनाले देश र जनता प्रति समर्पित भएर काम गरेकै कारण राष्ट्रिय एकतालाई मजवुत पार्न सफल भएको दावी गरे । नेपाली सेना देश विखण्डन हैन, राष्ट्रिय एकता चाहान्छ भन्दै प्रितना पति खड्काले भने–‘हामी राष्ट्रिय एकताको मुल मन्त्रलाई शिरमा राखेर काम गछौं ।’
उनले नेपाल सरकारको प्राथमिकतामा परेको पदमार्ग संरक्षणको कार्यक्रम जिम्मेवारी पुर्वक गरिरहेको वताए । नेपाली सेनाले पुर्वि प्रितना अन्तर्गतका विभिन्न गढीहरुको संरक्षण र संम्वद्र्धनको कार्यक्रमलाई पर्यटनसंग जोडेर काम गरिरहेको छ । उनले विराटनगरको विराटराजाको दरवार उत्खन्न, भोजपुरमा निशान मन्दिर स्थापना, धनकुटाको निशानमा ३ सय वर्ष पुरानो ढुङ्गे धारा पुनःस्थापना, संखुवासभाको चैनपुर गढी, हेदाङ्गना गढी, भोजपुरको हतुवा गढी, उदयपुरको चौदण्डी गढी र धनकुटाको साँगुरीगढीको संरक्षणको विशेष कार्यक्रम वनाएर काम गरिरहेको वताए ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङ कार्यक्रमलाई सम्वोधन गर्दै ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङले आजको दिनले नेपाली जनतालाई अनेकतामा एकता भएर वाँच्न आजको दिनले प्रेरणा मिलोस भन्दै शुभकामना व्यक्त गरे । उनले विश्वमा नेपाल जस्ता विकाशिल देशहरु शक्तिशाली देशहरुको उपनिवेश वनेका छन् । तर, नेपाललाई नेपाली जनताले त्यो अवस्थामा पु¥याउन दिएका छैन्न भन्दै प्रमुख तामाङले–भने आगामी दिन अझ् एकता र सशक्त भएर समृद्धिको बाटोमा अघि वढ्नु पर्छ ।
साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई कार्यक्रमलाई सम्वोधन गर्दै ।
धरान उप–महानगरपालिकाका प्रमुख हर्क साम्पाङ्गले कार्यक्रमलाई सम्वोधन गर्दै भने–‘हामीलाई पार्टी, जाति, धर्मले नफुटाओस, अबको दिनमा हामी एक भएर अघि वढ्न सकियौ भने देशको विकास अवश्य हुन्छ ।’ प्रमुख साम्पाङ्गले थप्दै भने–‘यो देशको लागि सोच्न सकौं, बोल्न सकौं, हिड्न सकौं, वाँच्न सकौं, योगदान गर्न सकौं र मर्न सकौं ।’ उनले नेपालीहरुमा सामुहिक र एकता हुने भावानको कमि देखिएकाले राष्ट्रिय एकताको भावानाको विकास गर्न आजको दिनले नेपाली जनतालाई सद्वुद्धि दिओस भन्दै शुभकामना व्यक्त गरे । नेपाली जनता एक नभएसम्म देशको विकास नहुने ठोकुवा गर्दै सम्पाङ्गले भने–‘तपाई हाम्रो खुशि र सुःखको लागि नेपाली जनताको एकता अपरिहार्य छ ।’
धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल कार्यक्रमलाई सम्वोधन गर्दै ।
त्यसैगरी साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले साँगुरीगढी गाउँपालिकाले गढीको चौतर्फी विकासको लागि डिपिआर तयार पारी सकेकोले धरान उप–महानगरपालिका र नेपाली सेनासंग मिलेर प्रवद्र्धन गर्ने वताए । उनले साँगुरीगढीमा आन्तरिक तथा वाह्य पर्यटक ल्याउने गरि सवैलाई समेटेर काम गर्ने दावी गरे । कार्यक्रमलाई धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, भीमदल गणका गणपति सुमन थापा लगायतले सम्वोधन गरेका थिए ।
कार्यक्रममा नेपाली सेनाका कलाकारहरु लडाँईमा वियज प्राप्त गरेपछि देखाईने छलै नृत्य प्रदर्शन गर्दै ।
कार्यक्रममा नेपाली सेनाले वियज प्राप्त गरेपछि देखाईने छलै नृत्य, वहुमुखी पाठशाला धनकुटाका कलाकारहरुले विभिन्न मौलिक साँस्कृतिक नृत्यहरु प्रश्तुत् गरेका थिए । साँगुरीगढीमा कार्यक्रम आयोजना गर्नु पुर्व धरानको फुस्रे देखि साँगुरीगढीसम्म नेपाली सेनाको टोली, नागरिक समाज, सामाजिक संघ, संस्थाका प्रमुख एवं प्रतिनिधिहरु करिव ५ किलो मिटर दुरीमा करिव ७ सयको संख्यामा पदयात्रामा सहभागी भएका थिए ।
- Dhankutapress