Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

निर्माण दिवसमा धनकुटामा विविध कार्यक्रम सम्पन्न

  •   ४ वर्ष अघि | २७ मंसिर २०७९, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/नेपाल निर्माण व्यवसायी संघ धनकुटाले १५ औं राष्ट्रिय निर्माण दिवस विविध कार्यक्रमको साथ मनाएको जनाएको छ । 

राष्ट्रिय निर्माण दिवसको अवसर पारेर संघले विहिवार शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरेको हो । शुभकामना आदन–प्रदान कार्यक्रममा वोल्ने वक्ताहरुले सूचना प्रविधिसंग जुध्न आजको दिनमा निर्माण व्यवसायीहरुलाई चुनौती रहेको औल्याएका छन् । पछिल्लो समयमा राज्यको हरेक निकाय डिजिटललाईज भैरहेको अवस्थामा निर्माणको क्षेत्रमा प्रविधिमैत्री भएर सूचनाको हकलाई उपयोग गर्ने तर्फ लाग्नु सक्नु पर्नेमा उनीहरुले जोड दिएका छन् । 

राज्यको निकायले निर्माणको लागि बोलपत्र आव्हान गर्दा भौतिक रुपमा उपस्थित् हुनु नपर्ने इविडिङ्ग मार्फत गरिने नयाँ सूचना प्रणालीले समयको वचत र कम खर्चमा काम हुने गरेको निर्माण व्यवसायीहरुले बताएका छन् । 

संघका कार्यवाहक अध्यक्ष प्रकास थुलुङ राईको अध्यक्षतामा सम्पन्न शुभकामना आदन–प्रदान कार्यक्रममा सल्लाहकार सञ्चमान लिम्वु, धनपा–वडा नं.५ का वडा सदस्य एवं न्यू नव प्रभात क्लव धनकुटा–५ माथिल्लो कोप्चेका अध्यक्ष गोविन्द राई, संघका जिल्ला उपाध्यक्ष यज्ञ वहादुर राई, निर्माण व्यवसायीहरु कुलवहादुर राई, प्रकास तामाङ, लेलिन श्रेष्ठ, नारयण तामाङ, विचारसिं राई, राजेन्द्र दाहाल, काजी राई, ओमवहादुर वस्नेत, मान वहादुर विश्वकर्मा लगायतले बोलेका थिए ।

कार्यक्रममा न्यू नव प्रभात क्वल धनकुटा–५ माथिल्लो कोप्चेलाई खेलकुदको क्षेत्रमा योगदान् पु¥याउने उदेश्यले ५ हजार नगद सहयोग गरिएको संघका कार्यवाहक उपाध्यक्ष प्रकास थुलुङ राईले वताए । उनले न्यू नव प्रभात क्लवका अध्यक्ष गोविन्द राईलाई नगद हस्तान्तरण गरेका थिए । नगद ग्रहण गर्दै क्लवका अध्यक्ष राईले हालै विद्यालय स्तरिय फुटवल प्रतियोगितामा सम्पन्न भएको छ, यसैमा खर्च गछौं भन्दै संघलाई धन्यवाद दिए । 

कार्यक्रमका अध्यक्ष थुलुङ राईले भने–‘नेपाल निर्माण व्यवसायी संघ धनकुटाले हरेक वर्ष निर्माण दिवशको अवसरमा आगलागी पिडित, खेलकुद र कोभिडको महामारीको समयमा स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको छौं । आगामी दिनमा पनि सामाजिक संघ, संस्था र आपत्त विपत्तमा परेका व्यक्तिहरुलाई यसरी नै सहयोग गर्दै जाने संघको कार्यक्रम रहेको राईले बताए । शुभकामना आदन प्रदान कार्यक्रमको संचालन संघका सचिव चन्द्रसिंह नेम्वाङले गरेका थिए । 


  • Dhankutapress

थप