Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटामा निर्माण व्यवसायीलाई कालो मोसो

  •   ३ वर्ष अघि | ९ असोज २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/सुपेरियर मालिका जेभी कन्ट्रक्सन कम्पनीका निर्माण व्यवसायी प्रदिप कार्कीलाई मंगलवार धनकुटाको हिले स्थित् सिजाली टोलमा कालोमोसो दलिएको छ । 

क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले निर्माण व्यवसायी कार्की माथि कालोमोसो दलेका हुन् । उक्त पार्टीका कार्यकर्ताहरूले निर्माण व्यवसायी कार्कीको सुपेरियर मालिका जेभी कन्ट्रक्सन कम्पनीले धनकुटाको हिलेमा निर्माण गर्दै गरेको कबड हल निर्माण कार्यको जिम्मा लिएका थिए ।

धनकुटा स्थित् आवाश तथा सहरी विकास कार्यालय अन्तर्गत प्रदेश सरकारको तीन करोड पचास लाखको लागतमा आ.व.०७९÷०८० देखि कवड हल निर्माण गर्न थालिएको थियो । कवड हल निर्माणका क्रममा त्यहाँ कार्यरत मजदुरहरुलाई ज्याला नदिई श्रमशोषण र दुव्र्यवहार गरेको आरोप लगाउँदै सो पार्टीका कार्यकर्ताहरुले हिलेस्थित सिजाली टोलमा निर्माण व्यवासयी कार्कीलाई कालोमोसो दलेका हुन् ।

बागमती प्रदेशको दोलखा घर भई धनकुटा बस्दै आएका कार्कीलाई करिब एक दर्जनको संख्यामा रहेका सो पार्टीका कार्यकर्ताले नियन्त्रणमा लिएर कालोमोसो दलेका थिए ।

उक्त पार्टीका धनकुटा जिल्ला संयोजक मोहन घलेले मंगलवार एक प्रेस विज्ञप्ति जारी गरेर घटनाको जिम्मेवारी लिएका छन् । विज्ञप्तिमा मजदुरहरूलाई ज्याला नदिई श्रमशोषण र दुव्र्यवहार गरेकाले मजदुरहरूको ज्याला एक महिना भित्र भुक्तानी गर्न चेतावनी दिदै कालोमोसो दलिएको दावी गरिएको छ ।

  • Dhankutapress

थप