Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

निजामती सेवा जनताको लागि परपर्दो हुनु पर्नेमा जोड

व्याडमिटन प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण

  •   ३ वर्ष अघि | २२ भदौ २०८०, शुक्रबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/निजामती सेवा जनताको लागि भरपर्दो हुनु पर्नेमा शुक्रवार धनकुटामा आयोजित एक कार्यक्रममा सहभागी वक्ताहरुले जोड दिएका छन् । 

निजामती सेवा दिवस–२०८०’ मूल समारोह समिति धनकुटाले आयोजना गरेको शुभकामना आदन–प्रदान तथा पुरस्कार वितरण समारोहमा सहभागी वक्ताहरुले यस्तो जोड दिएका हुन् । उनीहरुले ‘व्यवसायिक र सिर्जशिल प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नारालाई सफल पार्न सम्पूण राष्ट्रसेवक कर्मचारीहरुले जिम्मेवार भएर भूमिका निर्वाह गर्नु पर्नेमा समेत जोड दिएका छन् ।

कार्यक्रम उच्च अदालत विराटनगर धनकुटा इजलासका माननीय न्यायधिश अञ्जु उप्रेती ढकालको प्रमुख आतिथ्यता र माननिय न्यायधिश फूर्पा तामाङको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा निजामती सेवा दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र धनकुटाले आयोजना गरेको अन्तर कर्मचारी खुल्ला ब्याडमिटन प्रतियोगिताका विजयी खेलाडीहरुलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतियोगितामा सहभागी टिम मध्ये प्रथम हुने घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका इश्वर थापा र मालपोत कार्यालय धनकुटाका रामकृष्ण सुवेदी भूवनको जोडीलाई नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी प्रतियोगितामा दोश्रो हुने साँगुरीगढी गाउँपालिकाका प्रशासन शाखा प्रमुख द्रोर्ण वहादुर राई र कोष तथा लेखा नियन्त्रण कार्यालय धनकुटाका राजु कार्कीको टिमलाई नगद ४ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । 

त्यसैगरी प्रतियोगितामा तेश्रो हुने सुरज खनाल–प्रकास कार्की र दिपेश भूजेल–विष्णु गौतमको टिमलाई नगद ३/३ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको केन्द्रका अध्यक्ष एवं कोष तथा लेखा नियन्त्रण कार्यालय धनकुटा प्रमुख एवं कर्मचारी मिलन केन्द्र धनकुटाका अध्यक्ष ध्रुर्व कार्कीले बताए । प्रतियोगितामा विजयी खेलाडीहरुलाई उच्च अदालत विराटनगर धनकुटा इजलासका माननीय न्यायधिश कार्यक्रमका प्रमुख अतिथि अञ्जु उप्रेती ढकाल, विशेष अतिथि माननिय न्यायधिश फूर्पा तामाङ र प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेलले नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । 

शुभकामना आदन प्रदान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गर्नुपूर्व धनकुटा वजारको मदनचोकमा भेला भएर राष्ट्रसेवक कर्मचारीहरुले प्रभातफेरी मार्फत धनकुटा वजारको परिक्रमा गरेका थिए । वजार परिक्रमा पश्चात धनकुटा न.पा.को हलमा प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेलको अध्यक्षतामा पुरस्कार वितरण तथा शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरिएको थियो ।  


  • Dhankutapress

थप