अनुप योञ्जन तामाङ
पथरी/आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिको मोरङको पथरीमा सम्पन्न दोश्रो प्रादेशिक महाधिवेशनबाट निर्वाचित अध्यक्ष सन्तवीर लामालाई एक समारोहको विच विहिबार सम्मान गरिएको छ ।
पथरी वजारमा रहेको पिएल अनलाईन टिभिको संयोजनमा नेपाल तामाङ घेदुङ मोरङ जिल्ला समन्वय समिति र पथरी सनिश्चरे नगर घेदुङले संयुक्त रुपमा वधाई तथा कार्यक्रमको आयोजना गरेर फोनिज १ नम्वर प्रदेशका हालै निर्वाचित अध्यक्ष लामालाई संस्थागत रुपमा सम्मान गरेका हुन । तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिका निवर्तमान अध्यक्ष समेत रहेका लामालाई पिएल अनलाईन टिभिका प्रवन्ध निर्देशक अनुप योञ्जन, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मोरङका अध्यक्ष दिल वहादुर पाख्रीन तामाङ, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद पथरीसनिश्चरेका अध्यक्ष चन्द्र घिसिङ तामाङ, नगर घेदुङका गोम्बो लामा, उज्वल बल तामाङ लगायतले खदा लगाएर सम्मान गरे ।
सो अवसरमा वोल्दै नेपाल तामाङ घेदुङ मोरङका अध्यक्ष दिल वहादुर पाख्रीनले फोनिजको प्रदेश १ को अध्यक्षमा तामाङ पत्रकार संघका निवर्तमान अध्यक्ष सन्तवीर लामा निर्वाचित भएको भन्दै सफल कार्यकालको शुभकानमा व्यक्त गर्दै वधाई ज्ञापन गरे । उनले हरेक तामाङका छोराछोरीहरु यसरी नै पत्रकारिताको क्षेत्रमा अघि वढाउनको लागी अध्यक्ष पाख्रीनले लामालाई आग्रह समेत गरे । त्यसैगरी आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदका अध्यक्ष चन्द्र घिसिङले अग्रज पत्रकार एवं सामाजिक अभियान्ता सन्तवीर लामालाई आफू र आफु आवद्ध संस्थाको तर्फबाट फोनिज प्रदेश नं.१ को अध्यक्षको रुपमा वधाई दिदै सममान गर्न पाउँदा खुशि लागेको बताए । सो अवसरमा घिसिङले भने– “प्रदेश १ फोनिजको अभियानमा अघि वढ्नको लागी आजको कार्यक्रले अध्यक्ष लामालाई प्रेरणा मिलोस ।”
सो अवसरमा वोल्दै अध्यक्ष लामाले आफूलाई फोनिजको प्रदेशको अध्यक्षमा निर्वाचित भएको सुनेर आफ्नो समुदायले खुशी मान्दै गर्वका साथ सम्मान गरेकोमा धन्यवाद् दिए । आफ्नो समुदायले यसरी गरेको सम्मानले अझ् तप जिम्मेवारी वोध हुने र संस्थामा रहेर अझ् जोसका साथ काम गर्न हौसला मिल्ने पनि लामाले आफ्नो अनुभति राख्दै सम्मान एवं वधाई कार्यक्रम आयोजना गर्ने पिएल टिभि अनलाईन पथरीका प्रवन्धक अनुप योन्जन, जिल्ला घेदुङ मोरङका अध्यक्ष दिल वहादुर पाख्रीन तामाङ, आदिवासी जनजाति महासंघ पथरीसनिश्चरे नगरका अध्यक्ष चन्द्र घिसिङ तामाङ लगायतलाई धन्यवाद् दिए । सम्मान एवं वधाई कार्यक्रमको संचालन पिएल टिभी अनलाईनका प्रवन्ध निर्देशक अनुप योञ्जनले गरेका थिए ।
- Dhankutapress