धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा जिल्लामा ‘आँखा बा’ भनेर चिनिने नेपाल कै पहिलो आँखा डाक्टर प्राध्यापक रामप्रसाद पोख्रेललाई वुधवार अभिनन्दन गरिएको छ ।
नेपाल नेत्र ज्योती संघ धनकुटाको १२ औ साधारणसभाको अवसरमा पोख्रेललाई अभिनन्दन गरेको हो । धनकुटामा जन्मिएर धनकुटामा आँखा अस्पताल निमार्णका लागि आवश्यक जग्गा सहित अन्य महत्वपूर्ण काममा योगदान पु¥याएको भन्दै नेत्र ज्योती संघ धनकुटाले उनलाई सम्मान गरेको हो । उनकै नाममा धनकुटामा आँखा अस्पताल सञ्चालनमा रहेको छ । धनकुटामा सञ्चालित आखाँ अस्पतालले धनकुटा सहित भोजपुर, संखुवासभा, तेह्रथुमका नागरिकलाई सहज रुपमा सेवा दिइरहेको छ । पोख्रेल सहित नेपाल नेत्र ज्योति संघका पूर्व अध्यक्ष डा.तीर्थप्रसाद मिश्रलाई पनि सम्मान गरिएको छ । मिश्रले धनकुटामा आँखा अस्पताल स्थापनाका लागि योगदान गरेका थिए ।

सम्मानपछि डा. पोख्रेलले संसार उज्यालो बनाउन आफू वेलायतको सुखसयल छोडेर नेपाल आएको बताए । उनले नेपालबाट ट्रकोमा रोग अन्त्य भएको बताउँदै अब आँखाको उपचारको युवा सक्रिय हुन आवश्यक रहेको बताए । आफूले अहिलेसम्म देशको लागी अभियानको रुपमा जति योगदान गरे, अवको दिनमा नयाँ पुस्ताले गर्नु पर्नेमा जोड दिए । सो अवसरमा जिल्ला अस्पताल धनकुटामा पहिलो नेपाली डाक्टर भएर सेवा गरेको भन्दै अस्पतालको तर्फबाट निमिक्त मेडिकल सुपरिटेन्डेन्ट डा.पुजन विश्वकर्माले खदा, दोसल्ला र सम्मान पत्रले सम्मान गरे । त्यसैगरी गोकुण्डेश्वर बालमन्दिर माध्यामिक विद्यालय धनकुटाको तर्फबाट प्रधानाध्यापक दामोदर मिश्रले आफ्नो विद्यालयमा कक्षा–१० सम्म डा.पोख्रेलले अध्ययन गरेको भन्दै दोसल्ला ओडाएर सम्मान पत्रले सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री सुनिल बहादुर थापाले धनकुटाको विकासका लागि सबै राजनितिक दल एक हुनुपर्ने बताए । उनले धनकुटा विभिन्न व्यक्तित्वहरुको जन्मस्थल रहेको वताउँदै यसको गरिमा जोगाउन सबैले पहल गनुृपर्ने बताए । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य हेमराज भण्डारीले धनकुटाको विकासका लागि सबैले पहल गर्नुपर्ने बताए ।
को हुन त डा. पोख्रेल
देशकै लागि बाच्छु र आफ्नो जीवन देशकै सेवामा समर्पित गर्छु भन्दै सेवामा लागेका डा.रामप्रसाद पोख्रेलको जन्म वि.स. १९९४ बैशाख २२ गते धनकुटा जिल्लाको कचिडेमा भएको हो । नेपालमा आँखा उपचारका प्रणेता रहेका ‘आँखा बा’ को नामले चिनिएका पोख्रेलका पिता कविराज नरपति पोख्रेल र आमा योगमाया पोख्रेलको जेष्ठ सुपुत्रका रुपमा जन्मिएका थिए । बुबाबाट संस्कृतको प्रारम्भिक शिक्षा लिएका डां.पोख्रेलले धनकुटाको गोकुण्डेश्वर बालमन्दिर हाइस्कुलबाट प्रबेशिका परिक्षा उत्तिर्ण गरेका थिए । उच्च शिक्षा अध्ययनका लागि वि.स.२०११ मा भारतबाट प्रमाणपत्र तह वि.स.२०१६ मा लखनौँबाट एमबिबिएस तह उत्तीर्ण गरेपछि थप अध्ययनका लागि बेलायत गएका थिए । वि.स.२०२० मा डिएलओ र २०२४ मा डियोको वि.स.२०२७ मा एफआसिएसको उपाधि बेलायतबाट प्राप्त गरेका थिए । त्यसपछि बेलायतको विभिन्न अफरलाई त्यागेर स्वदेश फर्कनु भइ हाल काठमाण्डौको बबरमहलमा स्थायी बसोबास गर्दै आएका छन ।
नेपाल फर्केपछि वि.स.२०२९ मा पहिलो पटक दोलखामा आँखा शिविरमा सहभागी भै करिब ५ सय जनाको निःशुल्क उपचार गरेका थिए । नेपालमा अन्धोपन हटाउन सरकार मुख ताक्न नहुने निश्कर्षमा पुगेका थिए । नेपालको पहिलो आँखा अस्पताल नेपाल आँखा अस्पतालका संस्थापक डा.पोख्रेलले वि.स.२०३० वैशाख १ गतेबाट अस्पतालको सेवा सुरु गरेका हुन । नेपालमा आँखा सम्बन्धि दक्ष जनशक्तिको उत्पादन गर्न उनले विभिन्न कार्यक्रम गरेका थिए ।

डां.पोख्रेलले वि.स.२०२८ मा नेपालको पहिलो आँखा विज्ञको रुपमा ‘महेन्द्र विद्या भुषण’ प्राप्त गरेका थिए । त्यसैगरि उनलाई वि.स.२०२९ मा नेपालमा दुर्गम क्षेत्रमा आँखा उपचारमा पु¥याएको योगदानको लागि ‘गोरखा दक्षिण बाहु चौथो’, वि.स.२०४० मा नेपालमा मोतिया विन्दु उपचारका लागी ‘गोरखा दक्षिण बाहु तेस्रो’, वि.स.२०४६ मा नेपालमा आँखा सम्बन्धि जनशक्ति तयार पार्न योगदान पु¥याए बापत ‘त्रिशक्तिपट्ट तेस्रो’ बाट विभुषित भएका थिए । डा.पोख्रेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक पाएका छन ।
देशका विभिन्न २० ठाउँमा आँखा अस्पताल सञ्चालनका लागि योगदान पु¥याएको पोख्रेल धनकुटा जिल्ला अस्पतालको पहिलो नेपाली डाक्टर रहेका थिए । धनकुटामा वि.स. २०४३ सालबाट आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएका डा.पोख्रेलको अभियानमा नेपाल नेत्र ज्योति संघ धनकुटाले वि.स.२०५३ सालमा धनकुटामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको थियो ।
वि.स.२०७० साल मंसिर २९ गते डा.रामप्रसाद पोख्रेल आँखा अस्पताल सञ्चालनमा आएको थियो । उनले सो अस्पताललाई ८ रोपनी प्रदान गरेका थिए । कार्यक्रम नेत्रज्योति संघ धनकुटाका अध्यक्ष रोशेष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
- dhankutapress