Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

एमसीसी प्रति तामाङ घेदुङको विरोध

  •   ५ वर्ष अघि | ४ चैत्र २०७८, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता

काठमाडौं / नेपाल तामाङ घेदुङले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध गरेको छ। नवौँ संघिय महाधिवेशनको १० बुँदे घोषणा पत्र जारी गर्दै तामाङ घेदुङले एमसीसीको विरोध गरेको हो।

घोषणाको तेस्रो बुँदामा एमसीसी अमेरिकी सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको भन्दै आपत्ति जनाइएको छ। शुक्रवार पत्रकार सम्मेलनमा जारी गरिएको १० बुँदे घोषणापत्रको ३ नम्बर बुँदामा यसको विरोध गरिएको छ। नवौँ महाधिवेशनबाट मोहन गोलेको नेतृत्वमा निर्वाचित कार्यसमितिले यसको विरोध गरेको हो। 

अमेरिकी परियोजना एमसीसी एक्ट, २००३ को उद्देश्य र प्रावधानहरु, अमेरिकी हिन्द प्रशान्त र रणनीतिक प्रतिवेदन (जुन २०१९) र अमेरिकी अधिकारीहरुको स्पष्टीकरणबाट एमसीसी अनुदान परियोजना आर्थिक अनुदान मात्रै नभएर अमेरिकी राष्ट्रिय सुरक्षा र हितसँग प्रत्यक्ष रुपमा जोडिएको सामरिक तथा राजनीतिक प्याकेज भएको हुँदा यो नेपालको सार्वभौमसत्ता, स्वायत्तता, सामुदायिक स्वार्थ, नेपालीहरुको स्वाभिमान र हितविरुद्ध छन्। तसर्थ यस्तो परियोजना प्रति हाम्रो असहमति छ,ु घोषणा पत्रमा भनिएको छ।

एमसीसीलाई प्रतिनिधि सभाको बैठकले अनुमोदन गरिसकेको छ। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सुरुमा एमसीसी विरुद्ध उभिएको भएपनि व्याख्यात्मक घोषणालाई अघि सारेर एमसीसी पास गर्न सहमत भएका हुन्।

  • dhankutapress

थप