Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

गोरु काटेको अभियोगमा जेल परेका विशंखे छुटे

  •   ३ वर्ष अघि | १५ जेष्ठ २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता

धनकुटा/गोरु काटेको अभियोगमा जिल्ला कारगार धनकुटामा कैद भुक्तान गरिरहेका धनकुटा न.पा.६ का वर्ष ४० का सिमन विशंखे सोमवार छुटेका छन् । 

उनी नेपाल सरकारले गणतन्त्र दिवशको अवसरमा कैद भुक्तान तोकिएको अवधीमा ८ महिना १ दिन छुट भएपछि विशंखे छुटेका हुन् । जिल्ला अदालत धनकुटाले गोरु काटेको अभियोगमा ०७७ साल चैत्र १० गतेको अदालतको फैसलाले १ वर्ष ६ महिना वरावरको जेल सजाँय हुने गरी समय अवधि तोकेको थियो । अदालतले जेल सजाँय फैसला गरेको  करिव १ वर्ष ४ महिना पछि उनी ०७९ श्रावण १५ गते आफ्नै घरबाट पक्राउ परेका थिए । सिमन अदालतले तोकेको १ वर्ष ६ महिना वेरुजु कैद अवधिमा ९ महिना २९ दिन कैद भुक्तान गरी, ८ महिना १ दिन छुट पाएका थिए । जिल्ला कारगार धनकुटामा विशंखेलाई उनका श्रीमती देवी विशेंखे वुझेर लगेका छन् । 

आफ्नो श्रीमान सिमन विशंखे जेलमुक्त भएको भन्दै देवीले जेलर शिव कुमार श्रेष्ठलाई धन्यवाद् दिए । उनीसंगै पक्राउ परेका धनकुटा न.पा.६ का वर्ष ३९ का विकास विशंखे भने जिल्ला कारगार धनकुटाबाट स्वइच्छाले सरुवा मागे पछि ०७९ मंसिरको अन्तिम साता झुम्का कारगार सुनसरीमा सरुवा गरिएको जेलर शिव कुमार श्रेष्ठले वताए । 

उनले गणतन्त्र दिवशको अवसरमा नेपाल सरकारले १ नम्वर प्रदेशको विभिन्न जिल्ला कारगारमा कैद भुक्तान गरिरहेका १ सय ७ जनालाई कैद भुक्तान अवधि छुट दिएको बताए । देशको सात वटै प्रदेशको विभिन्न जिल्ला कारगारहरुमा कैद भुक्तान गरिरहेका ४ सय ८२ जना कैदीवन्दीहरुले गणतन्त्र दिवशको अवसरमा नेपाल सरकारले जेल सजाँय छुट दिएको जेलर श्रेष्ठले बताए । जिल्ला कारगार धनकुटामा २ महिला सहित ९४ जना कैदिवन्दीहरु रहेका छन् । 

  • Dhankutapreess

थप