Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

फोनिज युके पत्रकारिता सम्मान र पुरस्कार टिकाराम र निलिफालाई

  •   ४ वर्ष अघि | २६ असार २०७९, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाले स्थापना गरेको फोनिज युके पत्रकारिता सम्मान र पुरस्कार दुईजना फोनिजकर्मी पत्रकारले पाएका छन् । 

फोनिज युके पत्रकारिता सम्मान २०२२ बाट पत्रकार टिकाराम प्रधान र फोनिज युके पत्रकारिता पुरस्कार २०२२ बाट पत्रकार निलिफा सुब्बा सम्मानित र पुरस्कृत भएका हुन् । काठमाडौंमा आयोजित पुरस्कार वितरण समारोहमा आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थाप मगरले दुवैजनालाई सम्मान र पुरस्कार प्रदान गरे । 

सम्मान र पुरस्कारको राशी जनही २५ हजार रहेको छ । फोनिज युकेले सञ्चारक्षेत्रबाट आदिवासी जनजाति समुदायको विकासका लागि कलम चलाउदै आएका पत्रकारहरुलाई हरेक बर्ष सम्मानित र पुरस्कृत गर्दै आएको छ । पुरस्कार वितरण समारोहमा बोल्दै आदिवासी आयोगका अध्यक्ष राम बहादुर थापा मगरले आदिवासी जनजातिहरुको हकहित र अधिकार सुनिश्चितताका लागि फोनिजकर्मीहरुको ठूलो भूमिका रहेको बताए । 

विभिन्न समयमा भएको आदिवासी जनजाति आन्दोलनको उपलब्धी रक्षाका लागि अझै पनि संघर्ष गर्न आवश्यक रहेको बताए । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले यस्ता पुरस्कारहरुले आदिवासी जनजातिको मुद्दामा कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन मिल्ने र आदिवासी जनजाति आन्दोलनलाई पनि सहयोग पुग्ने बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको आयोजनामा पुरस्कार वितरण समारोह सम्पन्न भएको हो । 

  • Dhankutapress

थप