Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धरानको भोटेपुलमा अपरिचित व्याक्तिबाट ७४ वर्षिया वृद्ध लामा लुटिए

  •   ४ वर्ष अघि | ७ भदौ २०७९, मङ्लबार

धनकुटा सम्बाददाता

धनकुटा/धनकुटा नगरपालिका वडा नं.६ घर भएका वर्ष ७४ का वौद्धधर्म गुरु जिम्मा दोर्जे लामा अपरिचित व्यक्तिबाट धरानको भोटेपुलमा लुटिएका छन् । 

भदौरे पुर्णिमाको अवसरमा इटहरी स्थित पच्रुकी चोकमा रहेको कान्छा छोराको घरमा लामा पढेर फर्कने क्रममा वौद्धधर्म गुरु लामा अपरिचत व्यक्तिबाट धरानको भोटेपुलमा आईतवार विहान लुटिएका हुन् । 

भाद्र २ गते विहान १० वजे इटहरी उपमहानगरपालिका वडा नं.५ जनता वस्ती भगवती टोलमा रहेको टाँशी छ्योलिङ गुम्वाबाट धरान आउने क्रममा आफू अपरित व्यक्तिबाट धरानमा आईपुग्दा लुटिएको लामा गुरु जिम्मा दोर्जे लामाले धनकुटा प्रेसलाई  बताएका छन् । आफू इटहरी चोकबाट धरान आउने क्रममा यात्रु वाहक वसको सिटमा आफूसंगै एक जना अन्दाजी वर्ष ४५÷४६ को जस्तो देखिने मंगोलियन अनुहारको एक जना युवा आएर बसेको पिडित लामाले बताए । आफूसंगै वस भित्र बसेको ति अपरिचित युवाले तामाङ भाषामा–‘मेरो घर पनि धनकुटाको हिले हो, धरानमा मेरो कार छ, संगै धनकुटा जानु पर्छ’ वाजे भन्दै धरानको भोटेपुलमा आई पुगे पछि वसबाट झरौं भन्दै झारेको लामाले बताए ।

भोटेपुलमा वसबाट लामालाई झारेपछि ति अपरिचित युवाले नजिकैको छाप्री होटलमा लगे । त्याँहा पुग्दा एक जना करिव ७०/७२ वर्षका जस्ता देखिने एक जना अपरिचित वृद्ध छाप्री होटलमा बसीरहेका थिए । ति वृद्धले आफूहरु दुवै जनालाई नमस्कार भन्दै आफ्नो घर काठमाण्डौं भएको र आफू मगर थरको भएको परिचय दिए । त्यस पछि उनले आफूसंग सुन विक्रि गर्नुछ, सुन विक्रि गर्ने ठाउँ देखाई दिनुन भन्दै वृद्धले आफूलाई पटक÷पटक अनुरोध गरेको पिडित लामाले बताए ।

लामाले आफूलाई सुन विक्रि गर्ने ठाउँ थाहा नभएको बताएको र त्यसै विचमा इटहरीबाट आफूसंग आएका अपरिचित युवाले एक पेटी हजारको नोट दिएर सुन जस्तो देखिने टिल लिए । त्यसपछि उक्त सुन जस्तो देखिने टिललाई २ लाख मुल्य पर्ने भन्दै आफूसंग आएका युवाले किन्न आफूलाई अनुरोध गरेको लामाले धनकुटा प्रेसलाई बताए । 

उनले आफूसंग पैसा छैन, म किन्दिन भन्दा किन्नको लागि ति युवाले जवर्जस्ती गरे । ति अपरिचित युवाले–‘पैसा छैन भने, हातमा लगाएको औठी दिनु, भनेर जवर्जस्ती गरे पछि आफू ठगहरुको फन्दामा परेको थाहा पाएको लामाले बताए ।’ त्यसपछि आफ्नो दाहिने हातको डेड तोलाको औठी लगेर ५० हजार थप्ने सर्तमा नक्कली सुन आफूलाई दिएर ठगी गरेको पिडित लामा बताउँछन् । सुनको लेनादेना भै सकेपछि निज अपरिचित व्यक्तिले नै तपाई ट्याम्पो चढेर छाताचोकमा गएर वस्दै गर्नु म कार लिएर आउँछु भनेर १ सय रुपयाँमा ट्याम्पो रिर्जव गरेर लामालाई पठाएका थिए । त्यस पछि आफू छाताचोकमा आएर करिव १ घण्टासम्म पर्खिदा पनि निज ठग नआएको र आफू वस चढेर धनकुटा आएको पिडित लामाले बताएका छन् । 

पिडित लामाले आफू अपरिचत व्यक्तिबाट ठगिएको भन्दै ठगहरुको पहिचान गरि पक्राउ गरेर कानुन् वमोजिम कार्वाही गर्न हुलिया सहित इलाका प्रहरी कार्यालय धरानमा आईतबार उजुरी दिएका छन् । उजुरीमा आफ्नो डेड तोलाको सुनको औठी नक्कली सुनको टिल देखाएर ठगी गर्ने २ अपरिचित व्याक्तिहरुको पहिचान गरि कानुन वमोजिम कार्वाही गरेर सुन फिर्ता गराउन भनिएको छ ।

सो सम्वन्धमा इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएस्पी वुद्ध श्रेष्ठले २ वर्ष यता यस्ता प्रकृतिका ठगिको घट्ना दर्जन भन्दा वढी घटेको बताएका छन् । पछिल्लो समयमा धरान, इटहरी, तरहरा र आसपासको क्षेत्रमा ठगीको घट्ना धरानलाई ट्रान्जिट पोईन्ट बनाएर पहाडतिरबाट आउने सर्वसाधरण मान्छेहरुलाई वढी मात्रामा ठगी गरिरहेको डिएस्पी श्रेष्ठले बताएका छन् । आफूहरु विगत लामो समय देखि ठगहरुको खोजि गरिरहेको तर हालसम्म पक्राउ पर्न नसकेको डिएस्पी श्रेष्ठले बताएका छन् । उनले नक्कली सुन देखाएर ठगी गरेको घट्नाको उजुरी कार्यालयमा दर्जनौ परेको बताए । उनले यस्ता खाले घट्नामा प्रहरी गम्भिर भएर अनुशन्धानमा लागि परिहेको वताएका छन् । 

  • Dhankutapress

थप