धनकुटा प्रेस सम्वाददाता
धनकुटा/उच्च अदालत विराटनगर धनकुटा इजलासले आर्थिक वर्ष ०७८÷०७९ मा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौंट गरेको छ । अदालतले वार्षिक ५० प्रतिशत मुद्दा फर्छ्यौंटको लक्ष्य राखेकोमा ७२ दशमलव १९ प्रतिशत मुद्दा फर्छ्यौंट गरेको हो ।
अदालतले बिहीबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर गत आर्थिक वर्षमा जिम्मेवारी सरेको १ सय ५८ वडा नयाँ दर्ता भएको १ सय ७७ थान मुद्दा फर्छ्यांैट गरेको तथ्याङ्क सार्वजनिक गरेको हो । उच्च अदालत विराटनगर धनकुटा इजलासमा जिम्मेवारी सरेको १ सय ६२ र नयाँ दर्ता भएका ३ सय २ मुद्दा रहेका अदालतका रजिष्टार रुद्रमणी गिरीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
अदालतका माननिय न्यायधिस रमेशकुमार खत्रीले दुई वर्ष अघिका कुनै पनि मुद्दा बाँकी नरहेको बताउँदै चालु आर्थिक वर्षमा जिम्मेवारी सरेका १ सय २९, नयाँ दर्ता ३ सय १३ गरि जम्मा ४ सय ४२ मुद्दामा जिम्मेवारी सरेका १ सय २९ र नयाँ दर्ता १ सय ५९ गरि जम्मा २ सय ८८ मुद्दा फर्छ्यौंट गर्ने लक्ष्य रहेको जानकारी दिए ।

उनले पछिल्लो समयमा सम्वन्ध विच्छेद, जवर्जस्तीकरणीका मुद्धा वढी मात्रमा आउने गरेको औल्याए । न्यायधिश खत्रीले स्वभाविक रुपमा जुन सम्वन्ध हो, त्यो सम्वन्धमा वस्न सकिन्दैन भने स्वत सम्वन्ध विच्छेद हुने वताए । त्यसो त जवर्जस्तीकरणीका मुद्धा पनि पिडित र पिडक आ–आफ्ना पिडा लिएर आउने गरे पनि गुण र दोषको आधारमा सत्यको पक्षमा फैसला गर्ने जिम्मेवारी न्यायलयको भएको न्यायधिस खत्रीको भनाई थियो ।
सो अवसरमा माननिय न्यायधिश अञ्जु उप्रेती ढकाल र फूर्पा तामाङको पनि उपस्थिति रहेको थियो । चौथो पञ्चवर्षिय योजनाको शुरु भए देखी अदालतले संचारकर्मीहरुसंग नियमित भेटघाट तथा न्यायलयले गरेको वर्षभरीको प्रगति सार्वजानिक गर्दै आएको जानकारी दिइएको थियो ।
- Dhankutapress