धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/असोज १ गते देखि सञ्चालन हुने बृहत नि:शुल्क शल्यक्रिया शिविरमा आएका ४२ जना अमेरीकन डाक्टहरुको टोलीलाई आईतबार स्थानियले बाजागाजा सहित धनकुटा वजारमा स्वागत गरेका छन ।
अलोहवा मेडिकल मिसन अमेरिकाकोे सहयोगमा धनकुटा आईपुगेका विभिन्न स्वास्थ्य विशेषज्ञ डाक्टरहरुको टोलीलाई धनकुटाको हुलाक टोल स्थित चुवाको बोटमा स्वागत गरीएको थियो । डक्टरहरुको टोलीलाई स्थानिय आठपहरीयाको ढोलनाच, नेवारी भेषभूषा र पञ्चेबाजासहित फूलमाला, खदा, टिका लगाएर स्वागत गरीएको हो ।
स्वागत पश्चात चुवाको बोटबाट पञ्चेबाजासहित धनकुटा बजारको विभिन्न भागको परिक्रमा समेत गराइएको थियो । धनकुटामा हुँने निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर अलोहवा मेडिकल मिसन अमेरिकाको सहयोगमा सल्भ नेपाल धनकुटाको सहकार्यमा र जिल्ला अस्पताल धनकुटाको पहलमा आगामी अशोज १२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर हुन लागेको हो ।
‘पहुँच नहुनेहरुका लागि पहुँच’ भन्ने नारा सहित नि:शुल्क वृहत शल्यक्रिया शिविर आयोजना गरीएको शिविर मुल आयोजक समितीका संयोजक रोषेश श्रेष्ठले जानकारी दिए । उनले भने–‘निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा पित्तको पत्थरी, पाठेघर, हर्निया, हाइड्रोशिल, पाएल्स, थाईराड र गाठागुठीको शल्यक्रिया गरिने छ भने दाँतको उपचार समेत गरिनेछ ।’
जिल्ला अस्पताल धनकुटामा असोज १ गतेदेखि १२ गतेसम्म निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर आयोजना हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति धनकुाटका प्रमुख निरन तामाङले बताए ।
अन्य तस्विरहरु :


- Dhankutapress